दुर्गा प्रसाईको कार्यक्रममा पूर्वराजा नजाने « Khabarhub

दुर्गा प्रसाईको कार्यक्रममा पूर्वराजा नजाने

राप्रपा भन्छ– हाम्रो पनि संस्थागत सहभागिता हुँदैन


२९ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाह मेडिकल व्यवसायी दुर्गा प्रसाईको कार्यक्रममा सहभागी नहुने भएका छन् । प्रसाईले कार्यक्रम गर्नुअघि नै पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार चितवनतिर लागेका छन् ।

प्रसाईले काठमाडौंमा फागुन १ गते गर्ने विरोधसभामा पूर्वराजा ज्ञानेन्द्र शाहलाई प्रमुख अतिथिका रुपमा निम्तो दिएका थिए ।
प्रसाईले भनेका थिए, ‘राजाले टाउको हल्लाइबक्सेको छ, आउनुहुन्छ होला ।’

तर, पूर्वराजा शाह कार्यक्रमअघि नै चितवनतिर लागेकाले प्रसाईको कार्यक्रममा आउने सम्भावना नरहेको स्रोतको भनाइ छ ।
पूर्वराजाका सम्वाद सचिव फणिराज पाठकका अनुसार ज्ञानेन्द्र र कोमल दुबैजना जिल्ला भ्रमणको सिलसिलामा चितवन गएका हुन् ।

आइतबार भरतपुर विमानस्थलमा पुग्दा पूर्वराजा शाहलाई समर्थकहरुले स्वागत गरेका थिए ।

जिल्लाका विभिन्न स्थानको भ्रमण गर्ने योजनामा चितवन पुगेका पूर्वराजा पटिहानीस्थित होटल सोल्टीमा बसेका छन् । राप्रपाका स्थानीय नेताहरुका अनुसार शाह पारिवारिक भ्रमणमा चितवन झरेका हुन् ।

राप्रपाको संस्थागत सहभागिता नहुने

यसैवीच प्रसाईले सोमबार राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनलाई भेटेर आफ्नो कार्यक्रममा कार्यकर्ताहरु पठाइदिन आग्रह गरेका छन् । भेटपछि प्रसाईले आफ्नो कार्यक्रमलाई राप्रपाको समर्थन रहेको र राप्रपाका कार्यकर्ता पनि सहभागी हुने दाबी गरे ।

यसैवीच, आइतबार नै राप्रपाले उपाध्यक्ष हेमजंग गुरुङ र महामन्त्री धवलसमशेर जबरा सदस्य रहेको दुई सदस्यीय वार्ता कमिटीसमेत बनाएको छ । राजावादीहरुको मोर्चा बनाउनेबारे छलफलका लागि राप्रसाले समिति गठन गरेको हो ।

तर, मंगलबार हुने प्रसाईको कार्यक्रममा राप्रपाको संस्थागत सहभागिता भने नहुने राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बताए । उनले खबरहबसँग भने, ‘प्रसाईको कार्यक्रममा सहभागिता जनाउनेबारे राप्रपाले कुनै संस्थागत निर्णय गरेको छैन ।’

प्रकाशित मिति : २९ माघ २०८०, सोमबार  १० : ३६ बजे

मौलिक संस्कृति जोगाउन मातृशक्तिको भूमिका महत्त्वपूर्ण : शंकर पोखरेल

तुलसीपुर- नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले मौलिक संस्कृति र सामाजिक

देश दुःखमा पर्दा हामीलाई पनि आँसु आउँछ: गौतम दाहाल

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सहभागी हुन अमेरिकाबाट

विशेष प्रकृतिका विद्यालयलाई शिक्षा ऐनमा समेट्नुपर्नेमा जोड

काठमाडौँ– विशेष प्रकृतिका विद्यालयलाई शिक्षा ऐनमा समेट्दै स्वायत्त र प्रभावकारी

लिस्ट वितरण हुँदा कांग्रेसभित्र अस्वस्थ प्रतिस्पर्धा भयो : गुरुराज घिमिरे

नेपाली कांग्रेसमा विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान चलाउने तथा पार्टीमा

विगतका तिक्तता बिर्सेर कांग्रेसलाई एकताबद्ध बनाउँछु : प्रदीप पौडेल

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले विगतका तिक्तता बिर्सेर पार्टीलाई