दुर्गा प्रसाईको कार्यक्रममा पूर्वराजा नजाने « Khabarhub

दुर्गा प्रसाईको कार्यक्रममा पूर्वराजा नजाने

राप्रपा भन्छ– हाम्रो पनि संस्थागत सहभागिता हुँदैन


२९ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाह मेडिकल व्यवसायी दुर्गा प्रसाईको कार्यक्रममा सहभागी नहुने भएका छन् । प्रसाईले कार्यक्रम गर्नुअघि नै पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार चितवनतिर लागेका छन् ।

प्रसाईले काठमाडौंमा फागुन १ गते गर्ने विरोधसभामा पूर्वराजा ज्ञानेन्द्र शाहलाई प्रमुख अतिथिका रुपमा निम्तो दिएका थिए ।
प्रसाईले भनेका थिए, ‘राजाले टाउको हल्लाइबक्सेको छ, आउनुहुन्छ होला ।’

तर, पूर्वराजा शाह कार्यक्रमअघि नै चितवनतिर लागेकाले प्रसाईको कार्यक्रममा आउने सम्भावना नरहेको स्रोतको भनाइ छ ।
पूर्वराजाका सम्वाद सचिव फणिराज पाठकका अनुसार ज्ञानेन्द्र र कोमल दुबैजना जिल्ला भ्रमणको सिलसिलामा चितवन गएका हुन् ।

आइतबार भरतपुर विमानस्थलमा पुग्दा पूर्वराजा शाहलाई समर्थकहरुले स्वागत गरेका थिए ।

जिल्लाका विभिन्न स्थानको भ्रमण गर्ने योजनामा चितवन पुगेका पूर्वराजा पटिहानीस्थित होटल सोल्टीमा बसेका छन् । राप्रपाका स्थानीय नेताहरुका अनुसार शाह पारिवारिक भ्रमणमा चितवन झरेका हुन् ।

राप्रपाको संस्थागत सहभागिता नहुने

यसैवीच प्रसाईले सोमबार राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनलाई भेटेर आफ्नो कार्यक्रममा कार्यकर्ताहरु पठाइदिन आग्रह गरेका छन् । भेटपछि प्रसाईले आफ्नो कार्यक्रमलाई राप्रपाको समर्थन रहेको र राप्रपाका कार्यकर्ता पनि सहभागी हुने दाबी गरे ।

यसैवीच, आइतबार नै राप्रपाले उपाध्यक्ष हेमजंग गुरुङ र महामन्त्री धवलसमशेर जबरा सदस्य रहेको दुई सदस्यीय वार्ता कमिटीसमेत बनाएको छ । राजावादीहरुको मोर्चा बनाउनेबारे छलफलका लागि राप्रसाले समिति गठन गरेको हो ।

तर, मंगलबार हुने प्रसाईको कार्यक्रममा राप्रपाको संस्थागत सहभागिता भने नहुने राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बताए । उनले खबरहबसँग भने, ‘प्रसाईको कार्यक्रममा सहभागिता जनाउनेबारे राप्रपाले कुनै संस्थागत निर्णय गरेको छैन ।’

प्रकाशित मिति : २९ माघ २०८०, सोमबार  १० : ३६ बजे

गिग अर्थव्यवस्था ः नेपाली अर्थतन्त्रको नयाँ बाटो

नेपालको अर्थतन्त्रलाई नियाल्ने हो भने औपचारिक अर्थतन्त्रमाथि अनौपचारिक अर्थतन्त्र परम्परागत

बेलायतको वृद्धि दर घट्दै, लगानी र व्यापारमा दबाब

लन्डन– बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुने बीसीसी

इजरायलमा चीनको इलेक्ट्रिक र हाइब्रिड कारको लोकप्रियता बढ्दै

जेरुसलेम– चीनको गाडी निर्माता ‘जीली अटो’ले बिहीबार इजरायलमा आफ्नो पहिलो

त्रिशूलीको किनारमा बालुवा चाल्नेहरू…

मलेखु– हातमा बेल्चा (साबेल), टाउकामा रुमाल र कम्मरमा सलको पटुकी । एकाबिहानै

निर्वाचन भयरहित गराउन सशस्त्रले बनायो परिचालन नीति, एक महिनाअघिदेखि खट्ने

काठमाडौं– सशस्त्र प्रहरी बलले पारदर्शी, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन