वीरगञ्जका सबै वडामा प्रयोगशाला भवन « Khabarhub

वीरगञ्जका सबै वडामा प्रयोगशाला भवन


२९ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

पर्सा – वीरगञ्ज महानगरपालिकाका सबै वडामा स्वास्थ्य प्रयोगशाला निर्माण थालिएको छ । सामान्य स्वास्थ्य परीक्षणका लागि पनि मुख्यबजार धाइरहनुपर्ने बाध्यताको अन्त्य तथा नागरिकलाई गाउँघरमै सेवा प्रदान गर्न महानगरपालिकाले स्वास्थ्य प्रयोगशाला निर्माण थालेको हो ।

चालू आर्थिक वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने गरी सुरु भएका प्रयोगशाला भवनको पूर्वमन्त्री एवं पर्सा क्षेत्र नं। १ का सांसद प्रदीप यादव र वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले आज संयुक्त रुपमा शिलान्यास गरे ।

त्यस अवसरमा सांसद यादवले महानगरका ग्रामीण क्षेत्रका नागरिकले अब घरदैलोमै गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने वातावरण बनेकामा खुसी व्यक्त गरे ।

महानगर प्रमुख सिंहले निर्धारित समयमै काम सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिए । महानगरका ग्रामीण क्षेत्रका नागरिकलाई सहज स्वास्थ्य सेवा प्रदान गर्न आफू लागि रहेको भन्दै उनले त्यसमा सबैको सहयोग आवश्यक भएको बताए ।

प्रकाशित मिति : २९ माघ २०८०, सोमबार  १० : ४४ बजे

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार