राष्ट्रियसभा अध्यक्षका लागि आज निर्वाचन, कांग्रेसका शर्मा र माओवादीका दाहालबीच प्रतिस्पर्धा « Khabarhub

राष्ट्रियसभा अध्यक्षका लागि आज निर्वाचन, कांग्रेसका शर्मा र माओवादीका दाहालबीच प्रतिस्पर्धा


२९ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको अध्यक्ष पदका लागि आज निर्वाचन हुँदैछ ।

आज बिहान ११ बजेर ९ मिनेटमा बस्ने गरी बोलाइएको राष्ट्रियसभा बैठकमा अध्यक्षको चयन प्रक्रिया अघि बढ्ने छ ।

राष्ट्रियसभाको अध्यक्ष पदमा नेपाली कांग्रेसका तर्फबाट युवराज शर्मा र सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका नारायण दाहाल चुनावी मैदानमा छन् ।

कांग्रेसलाई लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले साथ दिएको छ भने दाहाललाई सत्ता गठबन्धनमा रहेका माओवादीसहित एमाले, जसपा र एकीकृत समाजवादीको समर्थन रहेको छ ।

५९ सदस्यीय राष्ट्रियसभामा दाहाललाई माओवादीका उपाध्यक्षसहित १८, एमालेका १०, एकीकृत समाजवादीका ८ र जसपाका ३ गरी ३९ सांसदको समर्थन छ । यस्तै, शर्मालाई कांग्रेसका १६, लोसपा र राष्ट्रिय जनमोर्चाका एक–एक गरी १८ सांसदको साथ छ ।

राष्ट्रियसभामा राष्ट्रपतिबाट मनोनीत बामदेव गौतम कतै खुलेका छैनन् । एक पद भने राष्ट्रपतिबाट मनोनीत हुन बाँकी छ ।

अंक गणितका आधारमा हेर्दा राजनीतिमा नाटकीय परिवर्तन नआए माओवादी केन्द्रका नारायण दाहाल राष्ट्रियसभाको अध्यक्ष बन्ने निश्चित छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०८०, मंगलबार  ६ : ३९ बजे

आज २०८३ साल असोज ३० गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ३० गते शुक्रबार सन् २०२६

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी