मोबाइलको ब्लूतुथ अन नै राख्दा हुन सक्छ यस्तो खतरा ! | Khabarhub Khabarhub

मोबाइलको ब्लूतुथ अन नै राख्दा हुन सक्छ यस्तो खतरा !


२९ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सबै स्मार्ट फोनमा ब्लूतुथको सुविधा दिइएको हुन्छ । ब्लुटुथले स्पिकरहरू, हेडफोनहरू, फिटनेस ट्रयाकरहरु, किबोर्डहरू र स्मार्ट गृह उपकरणहरू जस्ता ताररहित यन्त्रहरूमा जडान गर्न मद्दत गर्न सक्छ ।

ब्लुटुथले फोटो, संगीत र भिडियोहरू सहित विभिन्न प्रकारका फाइलहरू ब्लूतुथको माध्यमबाट सहजै सार्ने गरिन्छ । यसले अन्य फोन एवम् विद्युतीय सामग्रीसँग सजिलै कनेक्ट गर्न सकिन्छ । त्यस्तै मोबाइल उपकरणलाई वाइफाई हटस्पटमा बदल्न पनि मद्दत गर्न सक्छ ।

ब्लुटुथ एक वायरलेस प्रविधि हो जसले छोटो दूरीमा यन्त्रहरू बीच डाटा आदान प्रदान गर्दछ । ब्लूतुथ एक पटक अन गरेपछि बन्द गर्न बिर्सिने हामी धेरैको बानी हुन सक्छ । यसरी सधैँ ब्लुटुथ अन राख्दा हुने जोखिमहरू यस्ता छन्–

ब्लूबगिङ्
ब्लूबगिङ् भनेको एक प्रकारको ह्याकिङ सिस्टम हो । जसमा ह्याकरले पीडितको मोबाइलको एक्सेस लिएर मेलवेयर इन्स्टल गर्छन् । ब्लूतुथबाट मोबाइलको एक्सेसमा पुगेपछि ह्याकरले सजिलै फोन अनलक गर्न सक्छन् र मोबाइलमा रहेका गोप्य डाटाहरू, बैंक खातासम्म उनीहरू पहुँच पुर्‍याउन सक्छन् ।

एक पटक ह्याकरले फोनमा पहुँच पुर्‍याएर मेलवेयर इन्जेक्ट गर्छन् र मेलवेयरको सहायताबाट फोनको सम्पूर्ण अनुमति पाइ फोनमा भएको गोप्य फाइलहरू पनि हेर्न सक्छन् साथै कल रेकर्डसमेत फेला पार्न सक्छन् ।

ब्लूबगिङ् रोक्नका लागि सार्वजनिक स्थानमा ब्लूतुथ सधैँ बन्द गर्नुपर्छ यसका साथै कुनै पनि अज्ञात उपकरणबाट जोडिन अनुरोध आएको छ भने कनेक्ट गर्नु हुँदैन ।

ब्लुस्नार्फिङ
ब्लुस्नार्फिङ एउटा खराब साइबर आक्रमण हो । जसले ब्लुटुथ प्रयोग गरेर ह्याकरले फोटो, म्यासेज, इमेल, र थपमा पहुँच प्राप्त गर्न सक्छ । एक पटक उनीहरूले यो जानकारी प्राप्त गरेपछि, पहिचान चोरी जस्ता आपराधिक गतिविधिहरूको लागि पनि प्रयोग गर्न सक्छन् ।

ब्लुज्याकिङ
ब्लुटुथ उपकरणमा अनावश्यक स्प्यामफिसिङ सन्देशहरू पठाउनु ब्लुज्याकिङ भनिन्छ ।  यी सन्देशहरूमा मालवेयर समावेश हुन सक्ने मालिसियस लिंकहरूएट्याचमेन्टहरू पनि हुन सक्छन् ।

ब्लुस्म्याकिंग
ब्लुस्म्याकिंग भनेको सेवालाई अस्वीकार गर्ने (डीओएस) आक्रमण हो जुन मोबाइलको यन्त्रलाई दबाउन र जबरजस्ती बन्द गर्न डिजाइन गरिएको हुन्छ । साइबर अपराधीहरूले डाटाको ठूलो प्याकेटहरू पठाएर आक्रमण गर्छन् । ह्याकरहरूले तपाईँको उपकरण बन्द भएपछि थप गम्भीर आक्रमणहरूको लागि गेटवेको रूपमा ब्लुस्म्याकिंग प्रयोग गर्नेछन् ।

स्रोत : विभिन्न अन्तर्राष्ट्रिय मिडियाको सहयोगमा

 

प्रकाशित मिति : २९ फाल्गुन २०८०, मंगलबार  ७ : १२ बजे

लुम्बिनीले गुमायो दुवै ओपनर

काठमाडौं– नेपाल प्रिमियर लिग अन्तर्गतको विराटनर किङ्ग्स विरुद्धको खेलमा लुम्बिनीले

सुपर काबेली  ‘ए’ जलविद्युत् आयोजनाको उत्पादन सुरु

फुङ्लिङ – स्नो रिभर्स लिमिटेडले निर्माण गरेको १३ दशमलव पाँच

चितवनमा रविको बयान जारी रहँदा सहकारी पीडितको प्रदर्शन

काठमाडौं – सहकारी रकम दुरुपयोग प्रकरणमा रास्वपा सभापति रवि लामिछानेको

लुम्बिनीलाई पहिलो झट्का, रनआउट भए आशुतोष

काठमाडौं– नेपाल प्रिमियर लिग अन्तर्गतको बुधबारको दोस्रो खेल लुम्बिनी लायन्स

नेपाल र चीनबीच बीआरआई सहकार्य ‘फ्रेमवर्क’मा हस्ताक्षर

काठमाडौं- लामो रस्साकस्सीबीच नेपाल र चीनले अन्तत: बेल्ट एन्ड रोड