प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भवन निर्माण अन्तिम चरणमा « Khabarhub

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भवन निर्माण अन्तिम चरणमा


२९ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

कैलाली– धनगढी उपहानगरपालिका–१३ राजपुरमा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भवन निर्माण अन्तिम चरणमा पुगेको छ । निर्माण कम्पनीले दुई वर्षभित्र भवन निर्माण सम्पन्न गर्नेगरी आठ करोड २१ लाख ४१ हजारमा २०७८ भदौ ५ मा ठेक्का सम्झौता गरेको थियो ।

सम्झौता अवधिमा भवन निर्माण सम्पन्न नगरेपछि उक्त कम्पनीसँग २०८१ वैशाख ३० गतेसम्मका लागि समयावधि थप भएको सहरी विकास तथा भवन निर्माण कार्यालय कैलालीले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी सौरभ कलौनीले प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भवन निर्माणको काम अन्तिम चरणमा पुगेको बताए । अहिले भवनमा ‘फिनिसिङ’को काम भइरहेको उनले जानकारी दिए ।

प्रत्येक प्रदेशमा एक–एकवटा प्रदेश जनस्वास्थ्य प्रयोगशाला स्थापना गर्ने सङ्घीय सरकारको नीति रहेको जनाइएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा ल्याउन २०७४ सालमै दरबन्दी स्वीकृत गरेको जनाइएको छ ।

जसअन्तर्गत सुदूरपश्चिममा पनि ११ जनाको दरबन्दी स्वीकृत गर्दै एकजना प्रयोगशाला अधिकृत र एकजना लेखापाललाई प्रादेशिक प्रयोगशालामा खटाएर कार्यालय खोलिएको थियो ।

प्रयोगशाला स्थापना गरिए पनि आफ्नै भवन नहुँदा सेवा प्रवाहमा समस्या हुँदै आएको थियो । विशेष प्रकृतिका जाँचमा सहजता ल्याउने उद्देश्यले प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला स्थापना गरिएको जनाइएको छ ।

स्वास्थ्य क्षेत्रको मेरुदण्डका रूपमा रहेको प्याथोलोजी प्रयोगशालाको जाँचको उचित प्रयोग नगरी सही उपचार सम्भव नभएकाले जनस्वास्थ्य प्रयोगशाला स्थापनापश्चात यसको पहुँच सर्वसाधारणसम्म पुग्न सक्ने अपेक्षा गरिएको छ ।

प्रदेशस्तरीय प्रयोगशालामा रोगको मोलिक्युलर जाँच, जेनेटिक रोगका जाँच तथा थप अन्य सम्पूर्ण किसिमको जाँचलगायत सङ्क्रामक र नसर्ने रोगको पहिचान, निदान, सर्भे, सर्भिलेन्स, अनुसन्धानलगायतका सेवा प्रदान गरिने जनाइएको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०८०, मंगलबार  ८ : ४४ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको