इंग्लिस प्रिमियर लिग : चेल्सीको रोमाञ्चक जित « Khabarhub

इंग्लिस प्रिमियर लिग : चेल्सीको रोमाञ्चक जित


२९ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले रोमाञ्चक जित निकालेको छ । गएराति भएको खेलमा न्युक्यासल युनाइटेडलाई ३–२ गोलले हराउँदै चेल्सीले रोमाञ्च जित हासिल गरेको हो।

चेल्सीका लागि निकोलस ज्याक्सन, कोल पाल्मर र मिखाइलो मुड्रिकले एक–एक गोल गरेका थिए । यस्तै, न्युक्यासलका अलेक्जेन्डर इसाक र याकोब मर्फीले गोल गरेका थिए ।

चेल्सीका निकोलसले खेलको छैटौँ मिनेटमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर ४३औँ मिनेटमा न्युक्यासलका अलेक्जेण्डरले गोल फर्काउँदै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

यस्तै, चेल्सीका पाल्मरले ५७औँ र मुड्रिकले ७६औँ मिनेटमा गोल गर्दै टोलीलाई ३–१ गोलको अग्रता दिलाए । त्यसपछि न्याक्यासलका याकोबले एक गोल फर्काउँदै खेललाई ३–२ को अवस्थामा ल्याए पनि टोलीको हारलाई टार्न सकेनन् ।

जितसँगै २७ खेलबाट ३९ अंक जोडेको चेल्सी ११औँ स्थानमा छ। पराजित भएको न्युक्यासल २८ खेलबाट ४० अंकसहित १०औँ स्थानमा छ ।

 

प्रकाशित मिति : २९ फाल्गुन २०८०, मंगलबार  ९ : १७ बजे

कुनै पनि उम्मेदवारलाई समर्थन गरेको छैन : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले आफ्नो नाम जोडेर विभिन्न

कांग्रेस महाधिवेशन : मतदान गर्न लाइनमा प्रतिनिधि

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान गर्न

दसैंको अग्रिम टिकट लिन नयाँ बसपार्कमा यात्रुको भीड (तस्बिरहरू) 

काठमाडौं- वडा दसैं नजिकिएसँगै काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा घर फर्किने यात्रुको

व्यावसायिक कुखुरापालनप्रति आकर्षण बढ्दै

बागमती– मकवानपुरमा व्यावसायिक कुखुरापालनतर्फ आकर्षण बढ्दै गएको छ । कमानेबाट

कालीगण्डकी पुलको तनहुँतर्फको पहुँच सडक पुनर्निर्माण हुँदै

दमौली– अविरल वर्षाका कारण क्षतिग्रस्त तनहुँको घिरिङ र नवलपुरको बौदीकाली