सत्ता समीकरण प्रभावकारी बनाउन पाँच दलको हस्ताक्षर « Khabarhub

सत्ता समीकरण प्रभावकारी बनाउन पाँच दलको हस्ताक्षर


२९ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वर्तमान सत्ता समीकरणलाई प्रभावकारी रूपमा अघि बढाउने विषयमा सत्तापक्षका पाँच दलका नेताहरूले हस्ताक्षर गरेका छन् ।

संघीय संसद भवन नयाँ बानेश्वरमा मंगलबार आयोजित सत्तापक्ष राष्ट्रियसभा सांसद अभिमुखीकरण कार्यक्रमपछि उपप्रधान एवं परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले वर्तमान सत्ता समीकरणलाई प्रभावकारी रूपमा अघि बढाउने विषयमा नेकपा एकीकृत समाजवादीसहित पाँचै पार्टीबीच लिखित सहमति भएको जानकारी दिए ।

राजनीतिक मुद्दाहरूमा पाँचै दल एकै ठाउँमा रहेको र हस्ताक्षर समेत भएको उनले बताए । अहिलेको मुख्य काम मुलुकलाई समृद्धिको दिशातर्फ लैजाने भएको भन्दै यसअघिको गठबन्धनबाट अपेक्षित उपलब्धि हासिल नभएकाले नयाँ गठबन्धन सहितको सरकार बनेको उनले बताए ।

अभिमुखीकरण कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललगायतले नयाँ गठबन्धनलाई प्रभावकारी रूपमा अघि बढाउने र यसले देश र जनतामा केन्द्रित भएर काम गर्ने धारणा राखेको उपप्रधान एवं परराष्ट्र मन्त्री श्रेष्ठले जानकारी दिए ।

उनले गठबन्धनतर्फका राष्ट्रियसभा उम्मेदवार नारायण दाहाललाई एकताबद्ध भएर मतदान गर्ने निर्णय भएको जिकिर गरे ।

प्रकाशित मिति : २९ फाल्गुन २०८०, मंगलबार  १२ : ०१ बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित