सत्ता समीकरण प्रभावकारी बनाउन पाँच दलको हस्ताक्षर | Khabarhub Khabarhub

सत्ता समीकरण प्रभावकारी बनाउन पाँच दलको हस्ताक्षर


२९ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वर्तमान सत्ता समीकरणलाई प्रभावकारी रूपमा अघि बढाउने विषयमा सत्तापक्षका पाँच दलका नेताहरूले हस्ताक्षर गरेका छन् ।

संघीय संसद भवन नयाँ बानेश्वरमा मंगलबार आयोजित सत्तापक्ष राष्ट्रियसभा सांसद अभिमुखीकरण कार्यक्रमपछि उपप्रधान एवं परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले वर्तमान सत्ता समीकरणलाई प्रभावकारी रूपमा अघि बढाउने विषयमा नेकपा एकीकृत समाजवादीसहित पाँचै पार्टीबीच लिखित सहमति भएको जानकारी दिए ।

राजनीतिक मुद्दाहरूमा पाँचै दल एकै ठाउँमा रहेको र हस्ताक्षर समेत भएको उनले बताए । अहिलेको मुख्य काम मुलुकलाई समृद्धिको दिशातर्फ लैजाने भएको भन्दै यसअघिको गठबन्धनबाट अपेक्षित उपलब्धि हासिल नभएकाले नयाँ गठबन्धन सहितको सरकार बनेको उनले बताए ।

अभिमुखीकरण कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललगायतले नयाँ गठबन्धनलाई प्रभावकारी रूपमा अघि बढाउने र यसले देश र जनतामा केन्द्रित भएर काम गर्ने धारणा राखेको उपप्रधान एवं परराष्ट्र मन्त्री श्रेष्ठले जानकारी दिए ।

उनले गठबन्धनतर्फका राष्ट्रियसभा उम्मेदवार नारायण दाहाललाई एकताबद्ध भएर मतदान गर्ने निर्णय भएको जिकिर गरे ।

प्रकाशित मिति : २९ फाल्गुन २०८०, मंगलबार  १२ : ०१ बजे

चल्ला बेचेर वार्षिक तीन लाख आर्जन गर्दै कमला

लम्की– बर्दगोरिया गाउँपालिका–२ कुम्भियाकी कमला विष्टले कुखुरापालनबाट आत्मनिर्भर बन्न सकिन्छ

भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद

वीरगञ्ज – सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणबाट परिचालन

सङ्गठित अपराधमा संलग्न भएको आरोपमा चर्चित मुक्केबाजको गिरफ्तारी

वाशिङ्टन – अमेरिकी आप्रवासी एजेन्टले मेक्सिकोका चर्चित मुक्केबाज ३९ वर्षीय

वर्षायामको आगमनसँगै सौराहामा घटे पर्यटक

चितवन– पर्यटकीय नगर सौराहामा विगत २५ वर्षदेखि व्यवसाय गर्दै आएका

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा