गठबन्धनले माधव नेपाललाई पनि समेटेर संयुक्त वक्तव्य निकाल्ने « Khabarhub

गठबन्धनले माधव नेपाललाई पनि समेटेर संयुक्त वक्तव्य निकाल्ने


२९ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्ता गठबन्धनले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई पनि समेटेर संयुक्त वक्तव्य निकाल्ने भएको छ ।

अध्यक्ष नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिन र राष्ट्रियसभाको अध्यक्षमा गठबन्धनका उम्मेदवार नारायण दाहाललाई मत हाल्नका लागि लिखित सहमति खोजेपछि संयुक्त वक्तव्य निकाल्ने तयारी भएको हो ।

यसअघि आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले अध्यक्ष नेपालका कुराको सुनुवाइ गर्ने निर्णय गरेको थियो । गठबन्धनमा नेपालले कम्तीमा एक वर्ष प्रधानमन्त्री बन्ने लिखित प्रतिबद्धता समेत मागेका छन् । यसको पनि छलफल भएको छ ।

आफ्ना मागको सुनुवाइ हुने प्रतिवद्धतापछि एकीकृत समाजवादी माओवादी केन्द्रका राष्ट्रियसभा अध्यक्ष दाहाललाई सघाउन तयार भएको छ भने प्रधानमन्त्रीलाई पनि विश्वासको मत दिने निर्णय भएको अध्यक्ष नेपालको सचिवालयले जनाएको छ ।

पाँच दलीय गठबन्धनको सरकारमा एकीकृत समाजवादीका दुईजना मन्त्री छन् ।

 

प्रकाशित मिति : २९ फाल्गुन २०८०, मंगलबार  १२ : १२ बजे

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक १५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६