गतवर्ष कर्णालीबाट ३२ सय क्विन्टल जडीबुटी निकासी « Khabarhub

गतवर्ष कर्णालीबाट ३२ सय क्विन्टल जडीबुटी निकासी


२९ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

भेरीगङ्गा– कर्णाली प्रदेशबाट गत आर्थिक वर्ष २०७९-८० मा ३२ हजार केजी जडीबुटी निकासी भएको छ । प्रदेश वन निर्देशनालयका अनुसार  जडीबुटी निर्यातबाट रु दुई करोड ९४ लाख राजस्व संकलन भएको छ । 

प्रदेशका हिमाली जिल्लाबाट धेरै जडीबुटी निर्यात हुने गरेको निर्देशक ललितकुमार कर्णले जानकारी दिए।

‘कर्णालीको हिमाली जिल्लामा पाइने यार्सागुम्बा, जटामसी, सिलाजितलगायतका जडीबुटी निर्यात भइरहेको छ’, उनले भने, ‘कर्णालीमा ७९ प्रकारका विभिन्न बहुमूल्य जडीबुटी पाइन्छन्, यसको उचित प्रयोग अब आवश्यक छ ।’

जडीबुटीबाहेक वन क्षेत्रका काठ-दाउरा बिक्रीमार्फत पनि राजस्व आम्दानी हुने गरेको प्रदेश वन निर्देशनालयको तथ्यांक छ । कर्णालीमा पाइने जडीबुटीको उपयोग भने हुन नसकेको सरोकारवालाहरूले बताउँदै आएका छन् । 

औषधिजन्य जडीबुटीको प्रशोधन, अध्ययन तथा अनुसन्धान गरेर उत्पादित औषधिबाट बिरामीको उपचार गर्ने उद्देश्यले आयुर्वेद अस्पताल, आयुर्वेद स्वास्थ्य केन्द्र, आयुर्वेद औषधालयहरू सञ्चालन गरेका छन् । तर दक्ष जनशक्ति, पूर्वाधारको अभाव र जीर्ण बन्दै गएको औषधि बनाउने मेसिन प्रयोग गर्दै प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्रले सेवा दिँदै आएको छ । 

जडीबुटी बिक्री गरी आम्दानी गर्ने जिल्लामा सबैभन्दा अगाडि हुम्ला रहेको जनाइएको छ । उनले कर्णाली प्रदेशमा जडीबुटी संकलन र भण्डार केन्द्र नहुँदा समस्या भएको बताए।

 निर्देशक कर्णले ‘यहाँ प्रशोधन गर्ने उद्योग छैन, हामीले यस्तो बहुमूल्य जडीबुटी सस्तोमा बेच्नुपर्ने बाध्यता छ । प्रशोधन उद्योग स्थापनाका लागि प्रदेश र केन्द्र सरकारले सोच्नुपर्छ ।’ कर्णाली प्रदेशबाट निर्यात हुने जडीबुटीबाट मनग्य आम्दानी लिनेगरी नीति बन्न आवश्यक रहेको उनले औँल्याए ।

प्रकाशित मिति : २९ फाल्गुन २०८०, मंगलबार  १२ : ५४ बजे

फिफाको विश्वकप निजी लगानी योजना रद्द, अझै पनि युएफाको निसानामा इन्फान्टिनो

पेरिस – फिफा अध्यक्ष जियानी इन्फान्टिनोले शनिबार विश्वकपमा निजी लगानीलाई

इटालीले गर्मीका कारण लगभग सबै शहरमा उच्चतम सतर्कता अपनाउने घोषणा

रोम – इटालीले सोमबारदेखि आफ्ना लगभग सबै प्रमुख शहरहरूलाई गर्मीको

निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

काठमाडौं – हिमाल आरोहणका कथाहरू प्रायः शिखर चुमेका आरोहीका सफलतामा

रास्वपा बागलुङको सभापतिमा रायमाझी

गण्डकी – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), बागलुङको सभापतिमा ढालेन्द्र रायमाझी

वीरगञ्जमा निषेधाज्ञा हट्यो

पर्सा – जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको निषेधाज्ञा हटाइएको