हइटीका प्रधानमन्त्री हेनरीले राजीनामा दिँदै | Khabarhub Khabarhub

हइटीका प्रधानमन्त्री हेनरीले राजीनामा दिँदै


२९ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


687
Shares
  • change font
  • change font
  • change font

काठमाडौंहइटीका प्रधानमन्त्री एरियल हेनरीले सङ्क्रमणकालीन राष्ट्रपति परिषद् गठन भएपछि आफूले राजीनामा दिने घोषणा गरेका छन्। 

‘मैले नेतृत्व गरिरहेको सरकारले (सङ्क्रमण) परिषद्को स्थापनापछि तुरुन्तै राजीनामा दिनेछ ।  म सबै हइटीबासीलाई शान्ति र स्थायित्वका लागि संयमित रहन आग्रह गर्दछु’ हेनरीले भिडियो सम्बोधनमा भनेका छन् ।

 क्यारेबियन समुदायका क्षेत्रीय नेताहरूले सोमबार जमैकामा राजनीतिक सङ्क्रमणको व्यवस्थापन ढाँचामा छलफल गर्न र स्थानीय बासिन्दाहरूलाई तत्काल मानवीय सहायता प्रदान गर्नका लागि आपतकालीन शिखर सम्मेलन आयोजना गरेका छन् ।

सन् २०२१ जुलाई ७ मा हइटीका तत्कालीन राष्ट्रपति जोभेनेल मोइसको हत्या भएपछि त्यहाँ राजनीतिक अस्थिरता बढेको छ ।  हइटीमा यस वर्षको फेब्रुअरी ७ अघि निर्वाचन हुने भनिएको थियो तर हुन सकेन जसले सामाजिक अशान्ति र राजनीतिक अस्थिरता निम्त्याइरहेको छ ।

फेब्रुअरीको अन्त्यदेखि  हइटीका थुप्रै गिरोह सङ्गठनहरूले प्रधानमन्त्रीको राजीनामाको माग गर्दै राजधानी, पोर्ट-ओ-प्रिन्स, प्रहरी चौकी, प्रहरी प्रतिष्ठान र अन्तर्राष्ट्रिय विमानस्थललगायत सार्वजनिक निकाय र क्षेत्रमा आक्रमणलाई तीव्रता दिएका छन्।

प्रकाशित मिति : २९ फाल्गुन २०८०, मंगलबार  ३ : ०९ बजे

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता

मनाङमा ‘यार्तुङ’ सुरु

मनाङ – ‘खेतीपातीको उत्पादन राम्रो होस्’ भन्ने कामनासहित हिमाली जिल्ला

‘विश्वले अब गर्मीको लहरसँग बाँच्न सिक्नुपर्नेछ’

एजेन्सी – संयुक्त राष्ट्रसंघ अन्तर्गतको मौसम तथा जलवायु विषयक निकायले

संविधानअनुसार परराष्ट्र नीति सञ्चालन गरिएको गृहमन्त्रीको दाबी

काठमाडौँ – गृहमन्त्री रमेश लेखकले नेपालको परराष्ट्र नीति र अन्तरराष्ट्रिय