हिजबुल्लाह लडाकुद्वारा उत्तरी इजरायलतर्फ १०० वटा रकेट प्रहार | Khabarhub Khabarhub

हिजबुल्लाह लडाकुद्वारा उत्तरी इजरायलतर्फ १०० वटा रकेट प्रहार


२९ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


978
Shares
  • change font
  • change font
  • change font

जेरुसेलम– हिजबुल्लाह लडाकुहरूले मंगलबार बिहान उत्तरी इजरायलतर्फ लेबनानमा करिब १०० वटा रकेट प्रहार  गरेका छन् । सो रकेट आक्रमणपछि इजरायली पक्षले त्यसको जवाफमा हवाइ प्रत्याक्रमण गरेको इजरायली स्रोतले जनाएको छ।

इजरायल डिफेन्स फोर्स (आईडीएफ) का अनुसार रकेटहरू माथिल्लो ग्यालिली क्षेत्र र इजरायलले कब्जा गरेको गोलान हाइट्समा प्रहार गरिएको थियो तर हवाइ प्रतिरक्षा प्रणालीले ती रकेटलाई रोकेको छ ।

इजरायल डिफेन्स फोर्सले आफ्ना लडाकु विमानहरूले बिहान रकेट प्रहार गर्न प्रयोग हुने ३ वटा लन्चरहरूलाई रोकेको बताएको छ ।

बेरुतबाट करिब ४५ किलोमिटर पूर्वमा रहेको लेबनानको बेका उपत्यकामा इजरायली हवाइ आक्रमणको जवाफमा ‘साल्भोस’ आएको हो। 

गोलान हाइट्स तर्फ हालै हिजबुल्लाह विमान हमलाहरूको बदला लिन हिजबुल्लाहको हवाई सेनासँग सम्बन्धित दुईवटा स्थानहरूलाई लक्षित गरी हवाई आक्रमण गरिएको थियो।

इजरायल सीमाबाट करिब १०० किलोमिटर टाढा रहेको बेका उपत्यकालाई हिजबुल्लाहको गढ मानिन्छ।

प्रकाशित मिति : २९ फाल्गुन २०८०, मंगलबार  ५ : १९ बजे

जब सांसदहरू विश्वविद्यालयको छात्राबास छिरे

कीर्तिपुर– मुलुककै जेठो र सर्वाधिक ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको किर्तिपुरस्थित

माछा मार्न गएका युवकको गोहीको आक्रमणमा परि मृत्यु

भरतपुर – बुढीराप्तीमा माछा मार्न गएका एक युवकको गोहीको आक्रमणमा

बाह्र वर्ष लगाएर खेलमैदान निर्माण

म्याग्दी– अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेमा सुरु भएको १२ वर्षपछि खेलमैदान निर्माण

भोजपुरको चिरखुवा खोलामा पक्की निर्माण

भोजपुर– चिरखुवा खोलामा रु पाँच करोड ६२ लाखको लागतमा २०

रावाबेँसीबाट करोड हाराहारीका लिची बिक्री

खोटाङ– रावाबेँसी गाउँपालिकाका किसानले लिची बेचेर करिब एक करोड आर्जन