विभिन्न विधाका व्यक्तित्वमाथि कार्टुनिस्टको कटाक्ष (तस्बिरहरु) « Khabarhub

विभिन्न विधाका व्यक्तित्वमाथि कार्टुनिस्टको कटाक्ष (तस्बिरहरु)


२९ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


801
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तपाईंले रुचाउनु भएका  समाजका लब्ध प्रतिष्ठित व्यक्तित्वहरुको भावभंगिमा झल्काउने कार्टुन तस्बिर हेर्ने इच्छा छ ? त्यसो भए तयार हुनुस् ।  नेपाली क्यारिकेचर प्रदर्शनी/प्रतियोगिता २०८० यतिबेला काठमाडौंमा चलिरहेको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल कार्टुन्स क्लबले प्रदर्शनी आयोजना गरेका हुन् ।

नक्सालस्थित प्रतिष्ठानकै हलमा प्रदर्शनीमा ३३ कार्टुनिस्ट तथा कलाकारका ४४ वटा सामग्री राखिएको आयोजकले जनाएको छ । यस प्रदर्शनीमा राजनीतिज्ञको कार्टुन भने समावेश छैन ।

क्लबका महासचिव रवि मिश्रकाअनुसार यस प्रदर्शनीका अघिल्ला संस्करणमा पनि राजनीतिज्ञका कार्टुन समावेश गरिएको थिएन । उनी भन्छन्, ‘हामी ०७४ सालदेखि यो कार्यक्रम गर्दै आएका छौँ ।

राजनीतिक व्यक्तित्वको कार्टुन हामी सहभागी नगर्ने दायरा अन्तर्गत नै अरूलाई समावेश गरिएको हो ।’

कार्टुनिस्टहरुलाई प्रतिभा निखार्न हौसला थप्न र प्रदर्शनीलाई निरन्तरता दिएको क्लबका कोषाध्यक्ष रविन्द्र मानन्धर बताउँछन् । उनी भन्छन्, ‘यो भनेको प्रत्यक्ष दर्शक जोडिने स्थान हो । दर्शकहरूको प्रतिक्रियाले गर्दा कलाकारलाई प्रतिभा थप उजिल्याउन मद्दत पुगोस् भन्ने नै हाम्रो उद्देश्य हो ।’

क्यारिकेचरबारे नेपाली समाजमा गलत परिभाषा निर्माण भइरहेको अवस्थामा यस्ता कार्यक्रमले कार्टुनिस्टको हौसला बढाउन टेवा पुग्ने क्लबका कार्यकारी सदस्य सानुराज डंगोलको विश्वास छ ।

उनी भन्छन्, ‘क्यारिकेचर भनेको व्यक्तिहरूको चारित्रिक विश्लेषणलाई व्यङ्ग्यात्मक तरिकाले व्याख्या गर्न बनाइने चित्र हो । तर हाम्रोमा अरूको आवाजको नक्कल गर्नेलाई क्यारिकेचर भन्ने गरिएको छ ।’

यस संस्करणको प्रतियोगिताबाट तीन सदस्यीय निर्णायक मण्डल रहेको थियो । अबिन श्रेष्ठ, रवीन सायमी र रवि मिश्रको निर्णायक मण्डलले अनुप गुरुङले बनाएको कार्टुनलाई उत्कृष्ट ठहर गरेको थियो । उनले पत्रकार नारायण वाग्लेको कार्टुन कोरेका थिए ।

त्यस्तै अनिशा भण्डारी दोस्रो र विश्व थापा तेस्रो भएका थिए । भण्डारीले साहित्यकार कुमार नगरकोटी र थापाले समाज सेवी अनुराधा कोइरालाको कार्टुन बनाएका थिए ।

प्रथम, द्वितीय र तृतीय हुने क्रमशः १५ हजार, १२ हजार र आठ हजारबाट पुरस्कृत भएका छन् ।

 

तस्बिर: चिरायु शाक्य 

प्रकाशित मिति : २९ फाल्गुन २०८०, मंगलबार  ६ : ०३ बजे

फिफाको विश्वकप निजी लगानी योजना रद्द, अझै पनि युएफाको निसानामा इन्फान्टिनो

पेरिस – फिफा अध्यक्ष जियानी इन्फान्टिनोले शनिबार विश्वकपमा निजी लगानीलाई

इटालीले गर्मीका कारण लगभग सबै शहरमा उच्चतम सतर्कता अपनाउने घोषणा

रोम – इटालीले सोमबारदेखि आफ्ना लगभग सबै प्रमुख शहरहरूलाई गर्मीको

निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

काठमाडौं – हिमाल आरोहणका कथाहरू प्रायः शिखर चुमेका आरोहीका सफलतामा

रास्वपा बागलुङको सभापतिमा रायमाझी

गण्डकी – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), बागलुङको सभापतिमा ढालेन्द्र रायमाझी

वीरगञ्जमा निषेधाज्ञा हट्यो

पर्सा – जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको निषेधाज्ञा हटाइएको