प्रधानमन्त्री दाहालको पक्षमा मतदान गर्न नाउपाको ह्वीप | Khabarhub Khabarhub

प्रधानमन्त्री दाहालको पक्षमा मतदान गर्न नाउपाको ह्वीप


२९ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


10.6k
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं– नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहालको विश्वासको मतको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ।

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले मंगलबार प्रधानमन्त्री दाहालको पक्षमा मतदान गर्न ह्वीप जारी गरेकी हुन् ।

उनले  चारै जना सांसदलाई अनिवार्य उपस्थिति हुन र प्रधानमन्त्री दाहालको पक्षमा मतदान गर्न निर्देशन समेत दिइन ।

‘भोलि ३० गते बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा नागरिक उन्मुक्ति पार्टी संसदीय दलको बैठकको निर्णय बमोजिम अनिवार्य उपस्थित हुन र सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू माथि प्रतिनिधि सभाको विश्वास छ भन्ने प्रस्तावको पक्षमा मतदान गर्न ९निर्देशन० ह्विप जारी गरिएको ब्यहोरा अनुरोध छ,’ पत्रमा भनिएको छ।

नयाँ सत्ता समीकरण बनेपछि कांग्रेसले प्रधानमन्त्री दाहाललाई दिएको समर्थन फिर्ता लिएको थियो। यससँगै प्रधानमन्त्री दाहाल फागुन ३० मा प्रतिनिधि सभाबाट विश्वासको मत लिंदै छन्।

 

प्रकाशित मिति : २९ फाल्गुन २०८०, मंगलबार  ६ : २७ बजे

चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण

चितवन– चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीन

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

मनाङ– मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ

म्याग्दीको रुममा चारसय परिवारलाई खानेपानी

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुममा ‘एक घर, एक धारा’ सहितको

काठमाडौं उपत्यका : एकै दिन घुम्न सकिन्छ सात सम्पदा

काठमाडौं – खुला संग्रहालयको रुपमा विश्वसामु परिचित काठमाडौं उपत्यका जहाँ

तीन दशकपछि सडक कालोपत्र

तनहुँ– करिब तीन दशकअघि रेखाङ्कन गरिएको तनहुँको भानु नगरपालिकास्थित कालीमाटीदेखि