फेरिएको सत्ता : बजेटको सिद्धान्त र प्राथमिकता बेवारिसे | Khabarhub Khabarhub

फेरिएको सत्ता : बजेटको सिद्धान्त र प्राथमिकता बेवारिसे

मन्त्रीले पाएनन् कामको मेसो 



काठमाडौं-  गत फागुन १४ गते तत्कालीन अर्थमन्त्री डा.प्रकाश शरण महतले आगामी आर्थिक वर्ष २०८१-८२ को बजेटको सिद्धान्त र प्राथमिकता संसदमा पेश गरे । संसद्मा पर्याप्त छलफलबिना बजेट बनिरहेको भन्ने जनप्रतिनिधिका गुनासो सम्बोधन गर्दै सरकारले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन संशोधन गरेर बजेट तालिका परिवर्तन गर्‍यो। सोहीअनुसार सरकारले ऐन संशोधन गरी बजेट तालिका तन्काएको हो । स्रोत समिति बैठक माघ मसान्तभित्र बसी बजेट सिलिङ तय गर्ने गरी समय तोकिएको छ ।

फागुन पहिलो साता योजना आयोगले मन्त्रालयहरूलाई मन्त्रालयगत सिलिङ पठाइसक्नुपर्ने समेत संशोधनमा समेटिएको छ । यसैअनुसार स्रोत समितिले आगामी आव २०८१-८२ का लागि १८ खर्ब रुपैयाँको सिलिङ तोकेको छ ।

गत वर्ष बजेटबारे संसदमा उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले बजेटबारे संसद्‌मा पर्याप्त छलफल गराएर मात्र बजेट निर्माण गर्ने प्रतिवद्धता जनाए अनुसार तीन महिना अघि नै संसद्‌मा बजेटको सिद्धान्त र प्राथमिकता पेस गरिएको थियो । यसले बजेटको सिद्धान्त र प्राथमिकतामाथि संसद्‌मा पर्याप्त छलफल हुने र यसले बजेटलाई प्रभावकारी बनाउने प्रधानमन्त्रीको विश्वास थियो । 

संसदमा बजेटको सिद्धान्त र प्राथमिकतामाथि छलफलको तालिका तय पनि भएको थियो । तर, प्रधानमन्त्री दाहालले सरकारलाई एकाएक ३६० डिग्रीमा घुमाइदिँदा संसदमा प्रस्तुत बजेटको सिद्धान्त र प्राथमिकता अलपत्र परेको छ । 

सिंहदरबारमा फेरिएको दृश्य

संसदमा बजेटको सिद्धान्त र प्राथमिकतामा छलफल चल्दै गर्दा यतिबेला मन्त्रालयहरु पनि आउँदो बजेटमा समावेश हुने कार्यक्रममा व्यस्त हुनुपर्ने थियो । बजेटको आधा वर्ष बढी घर्किसकेको समयमा अघिल्लो वर्षको बजेटमाथि मन्त्रालयतगत रुपमा छलफल र विकास खर्चको लेखाजोखाको दृश्य सिंहदरबारमा देखिनुपर्ने थियो । 

सिंहदरबार परिसरमा भने त्यस विपरित दृश्य देखिएका छन् । अधिकांश मन्त्रालयमा मन्त्रीहरू बधाई खान र शुभकामना लिन व्यस्त हुँदा कर्मचारी त्यसको चाँजो पाँजो मिलाउन सक्रिय देखिएका छन् ।

काम गर्ने हुटहुटीलाई जीवन्त दिनका लागि गठबन्धन नै फेरेर नयाँ मन्त्रपरिषद् गठन गरेका प्रधानमन्त्री दाहालका मन्त्रीहरू यतिबेला मन्त्रालयगत छलफलमा भन्दा पनि व्यक्तिगत रुचिमा व्यस्त छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका एक उपसचिव भन्छन्, ‘आफूले ल्याएको बजेट नहुँदा मन्त्रीहरू कति खर्च भयो के भयो भन्ने कुरामा भन्दा पनि बीचैमा हत्याएको मन्त्री पदको रमझममा देखिएका छन् ।’ बजेटको सिद्धान्त र प्राथमिकता संसद्‌मा पेस भएपछि सरकारमा आएको परिवर्तनले अघिल्लो र आउँदो दुबै बजेटमा असर पार्ने उनको विश्लेषण छ । 

उनले भने, ‘सरकार त फेरिएको हैन, मन्त्री फेरिएका हुन् । प्रधानमन्त्री कार्यकारी हुने नेपालको शासन व्यवस्थामा यही सरकारले ल्याएको बजेटमाथि न संसोधन हुन्छ , न त बजेटको सिद्धान्त र प्राथमिकतामाथि नै व्यापक परिवर्तन हुन्छ ।’ बजेटमाथि संशोधनले सरकार असफल भएको सन्देश दिने हुँदा पनि प्रधानमन्त्री त्यसमा नलाग्ने उनको भनाई थियो । अन्य मन्त्रीले ल्याएका बजेटमा बहालवाला मन्त्रीले काम गर्न असहज मान्न सक्ने उनको टिप्पणी थियो ।

कामको मेसो नपाएका मन्त्री

खबरहबकर्मी सिंहदरबार पुग्दा धेरै मन्त्रालयहरू मन्त्रीविहीन थिए । केही मन्त्री नियुक्त भएको खुसी बाँड्न आफ्नो निर्वाचन क्षेत्रमा पुगेका थिए भने केही मन्त्रीहरु व्यक्तिगत कामका कारण मन्त्रालय आएका थिएनन् । मन्त्रालयमै भएका मन्त्रीहरु पनि काम भन्दा बधाई थाप्न व्यस्त थिए । 

हामी मन्त्रालय पुग्दा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ मन्त्रालयमा नै थिए । उनको कार्यकक्षमा छलफल चलिरहेको उनको सचिवालयले जानकारी दियो । छलफलको विषयमा जानकारी लिन खोज्दा मन्त्रालयगत छलफल भएको उनको सचिवालयले बतायो । मन्त्री कार्यकक्ष बाहिर कर्मचारी केही फाइल लिएर कुरिरहेका कारण महासेठ काममा लागिसकेको बुझ्न सकिन्थ्यो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल    हामी पुग्दै गर्दा मन्त्रालयबाट बाहिरिँदै थिए । उनका साथमा उनका सहयोगी थिए भने सचिवालय खाली थियो । उनी प्रधानमन्त्री दाहालले विस्तार गरेको पहिलो पटकको मन्त्रिपरिषद्‌मा पनि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बनेका कारण उनी पहिलो दिनबाट नै काम केन्द्रित भएको मन्त्रालयका एक कर्मचारीले बताए । माओवादी केन्द्रबाट दोहोरिएका तीन मन्त्री तथा गृह र शिक्षा मन्त्री पनि बधाई शुभकामना भन्दा पनि काममा लागिसकेको पाइयो । 

तर, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी, वन तथा वातावरण नवलकिसोर साह सुडीलगायतका मन्त्रीहरू भने मन्त्रालयमा बधाई तथा शुभकामना थाप्न व्यस्त देखिन्थे । उनीहरु मन्त्री नियुक्त भएको दिनदेखि नै बधाई र शुभकामना बाहेक अन्य काममा नलागेको कर्मचारीहरुले गुनासो गरेका थिए । कर्मचारीहरू नयाँ मन्त्रीलाई मन्त्रालय बुझ्न त केही दिन लागि हाल्छ नि भन्दै गफिदै बसेका थिए । 

व्यस्त मन्त्री
कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी तीन दिनदेखि गृह जिल्ला पर्वतमा छन् । उनले आफ्नो निर्वाचन क्षेत्रका मतदातासँग मन्त्री भएको खुसियाली साट्दै गरेका तस्विरहरु सार्वजनिक गर्दै आएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङ पनि मन्त्री नियुक्त भएदेखि मन्त्रालयभन्दा बाहिर नै व्यस्त रहेको पाइयो । सिंहदरबार स्थित उनको कार्यकक्ष सुनसान थियो । मन्त्रालयका कर्मचारीलाई मन्त्री खै भनेर सोध्दा उनीहरुले जानकारी नभएको जवाफ दिए । उनी मन्त्री भएकोमा बधाई तथा शुभकामना थाप्नमा व्यस्त रहेको पाइएको छ ।

बधाई र शुभकामनामा रमाइरहेका अर्का मन्त्री हुन खानेपानी मन्त्री राजेन्द्रकुमार राई । उनी पनि मन्त्रालयमा भन्दा बढी बधाई र शुभकामना थाप्नमा सयम खर्चेको पाइएको छ ।

युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ पनि व्यस्त मन्त्रीको सूचीमा छन् । सिंहदरबार पुग्दा श्रेष्ठ मन्त्रालयमा नै थिए । उनको कार्यकक्ष बाहिर थेगिनसक्नु मानिसको भिड देखिन्थ्यो । सचिवालयमा धेरै मानिस आउँदा सचिवालयका कर्मचारी बस्ने कुर्सी व्यवस्थापन गर्न दौडधुप गरिरहेका थिए ।

प्रकाशित मिति : २९ फाल्गुन २०८०, मंगलबार  ७ : ४७ बजे

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य