म हिरोइन होइन कलाकार बन्न आएकी हुँ : नायिका वर्षा राउत « Khabarhub

म हिरोइन होइन कलाकार बन्न आएकी हुँ : नायिका वर्षा राउत


२९ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  सुपरहिट फिल्म ‘जात्रा’को तेस्रो शृंखला  ‘महाजात्रा’ चैत ९ गतेबाट प्रदर्शनमा आउँदै छ । फिल्ममा फडिन्द्रको श्रीमती सम्पदा ‘सम्पु’को भूमिकामा देखिएकी अभिनेत्री वर्षा राउत चलचित्रको प्रचारमा व्यस्त छिन् ।

यसअघिका दुई श्रृंखला दर्शकबाट अत्याधिक रुचाइएको फिल्म सावित भएका थिए । जात्राको तीनै श्रृंखलामा वर्षाले निरन्तरता पाएकी छन् । 

 ‘महाजात्रा’मा फडिन्द्र-सम्पदाको परिवार विस्तार भएको टेलरले नै प्रष्ट पारेको छ । यस श्रृंखलामा परिवारको आकार बढेर आर्थिक अभावसँग जुध्ने सङ्घर्षशील गृहिणीको भूमिका निर्वाह गरेको वर्षा बताउँछिन् । 

फिल्ममा आफ्नो भूमिकाबारे उनी भन्छिन्, ‘परिवारमा छोरी थपिएसँगै सम्पदा अहिले अरुको घरमा गएर काम गर्ने, आम्दानी बढाउन मेहनत गर्ने गृहणी बनेकी छ ।’

‘आर्ट’ फिल्ममा काम गर्ने रुचि भएकाले श्रृंखलामा गृहिणीकै भूमिकामा देखिन तयार भएको उनी बताउँछिन्  ।

उनी थप्छिन्, ‘म हिरोइन मै सीमित नभइ कलाकार बन्ने सोच बोकेर आएको हुँदा पनि मलाई आफूले निर्वाह गरेको भूमिका गर्न हुन्न की भन्ने नै लागेन ।’

यद्यपि आफूलाई हरेक फिल्ममा फरक शैलीमै प्रस्तुत गर्न केन्द्रित रहने उनी बताउँछिन् । 

प्रकाशित मिति : २९ फाल्गुन २०८०, मंगलबार  ७ : २० बजे

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

सर्लाही– मोटरसाइकलको ठक्करबाट सर्लाहीको गम्हरियामा एकजना पैदलयात्रीको मृत्यु भएको छ

राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक : के छन् एजेन्डा ?

काठमाडौँ – समसामयिक विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

विकास निर्माणलाई तीव्र गतिमा कार्यान्वयन गर्दै व्यास नगरपालिका

तनहुँ– व्यास नगरपालिकाले गत आर्थिक वर्षमा सडक, ढल, नदी नियन्त्रण,

चौदण्डीगढीमा मादक पदार्थ सेवन गरी श्रीमतीको हत्या, अभियुक्त नियन्त्रणमा

उदयपुर – मादक पदार्थ सेवन गरी घरायसी विवाद हुँदा श्रीमान्‌ले

२५ वर्षपछि कोभेन्ट्रीको प्रिमियर लिगमा ऐतिहासिक जित: नोटिङघम फरेस्ट १-० ले पराजित

काठमाडौँ – अप्रिल २००१ को समयपछि बेलायती फुटबलको शीर्ष डिभिजन