डेलिभरी दिन सत्ता साझेदार दल परिवर्तन : गृहमन्त्री लामिछाने « Khabarhub

डेलिभरी दिन सत्ता साझेदार दल परिवर्तन : गृहमन्त्री लामिछाने


२९ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पद सुरक्षित हुँदाहुँदै पनि ‘डेलिभरी’ दिनका लागि सत्ता साझेदार दल परिवर्तन गरेको बताएका छन्।

मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति (एमड्याक)को बैठक तथा अर्धवार्षिक समीक्षाका क्रममा मंगलबार उनले यस्तो बताए ।
उनले भने,  ‘पद सुरक्षित हुँदा-हुँदै पनि प्रधानमन्त्रीले सत्ता साझेदार दल परिवर्तन गर्नुको मूल कारण डेलिभरी दिनका लागि हो ।’

यस्तै उनले सुशासन कायम र सहज सेवा प्रवाहमा गृह  मन्त्रालय प्रत्यक्ष जोडिने भएकाले पुरातन शैलीमा काम गर्ने छुट कसैलाई नभएको बताए । 

गृहसँग श्रोत-साधनको अभाव रहेकाले प्रहरीका दुबै संगठनसंग आधारभूत बस्तुकै खाँचो रहेको बताए । 

सवारी साधन, हातहितयार, उपकरण र प्रविधिमा पनि लगानी गर्नुपर्ने र त्यसतर्फ प्रयाप्त ध्यान दिइनेछ उनले भने । 

 नयाँ आर्थिक वर्षका लागि बजेट बन्ने प्रक्रिया सुरु भएकाले प्राथमिकता निर्धारणसहितको तयारी गर्न र बजेटको सिलिङ बढाउन होइन रिभ्यु गर्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘राजस्व संकलन र चुहावट नियन्त्रणमा गृह प्रशासनको महत्वपूर्ण भूमिका छ। राजस्व बढाउन सक्यौं भने गृहको बजेट क्रमशः रिभ्यु हुन्छ नै। देशको ढुकुटी बलियो बनाउन सबैले प्रयास गरौं।’

प्रकाशित मिति : २९ फाल्गुन २०८०, मंगलबार  ७ : ४० बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५