मकवानपुरका तीन कृषकलाई राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार « Khabarhub

मकवानपुरका तीन कृषकलाई राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार


२९ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

बागमती – कृषिक्षेत्रको उत्पादन र विकासमा उल्लेखनीय कार्य गरेवापत मकवानपुरका तीनजना कृषकलाई राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट सम्मान गरिएको छ ।

पशुसेवा कार्यालय मकवानपुर हेटौँडाद्वारा आज आयोजित सो कार्यक्रममा थाहा नगरपालिका–७ डाँडावासका इमानसिंह थिङ, मनहरी गाउँपालिका–७ रमौलकी मुना अर्याल तथा हेटौँडा वडा नं –१७ का झम्कनाथ सुवेदीलाई सो पुरस्कारबाट सम्मानित गरिएको हो ।

सो पुरस्कारको राशि जनही रु २५ हजार नगद तथा प्रशंसापत्र रहेको छ । सम्मानित थिङले डाँडावास कृषि प्रालिमार्फत् बाख्रा तथा तरकारी खेती, अर्यालले रवि व्यावसायिक कृषि फार्ममा कागती तथा ड्रागन खेती तथा सुवेदीले विविआर एग्रो प्रालिबाट वोयर जातको बाख्राको पालन गर्दै आएका हुन् ।

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान तथा मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईले संयुक्त रुपमा सो पुरस्कारबाट उनीहरुलाई सम्मानित गरेका थिए ।

मकवानपुर जिल्लाका विभिन्न स्थानबाट प्राप्त भएका ११ वटा प्रस्ताव मध्येबाट छनौट गरी तीन जना कृषकलाई सम्मानित गरिएको पशुसेवा कार्यालय मकवानपुरका प्रमुख डा बज्रकिशोर ठाकुरले राससलाई जानकारी दिए ।

प्रकाशित मिति : २९ फाल्गुन २०८०, मंगलबार  ८ : ३२ बजे

कांग्रेस १५औँ महाधिवेशन : प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो

काठमाडौं- नेपाली कांग्रेसको काठमाडौँमा आइतबारदेखि सुरु हुन लागेको १५औँ राष्ट्रिय

दाउन्ने बस दुर्घटनामा मृत्यु भएका छ जनाकै सनाखत

नवलपुर- पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा आज बिहान भएको यात्रुवाहक बस

बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका-४ को झिवाखोलास्थित लिटिल रोज इङ्लिस बोर्डिङ

मानवीय सङ्कटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसङ्घको १६ करोड डलर सहयोग

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घले गम्भीर मानवीय संकट सामना गरिरहेका १२ देश

कालीगण्डकी कोरिडोर : बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव

म्याग्दी– गत साताको वर्षापछिको बाढीपहिरोका कारण अवरुद्ध बनेको चीन र