रुसी सेनामा भर्ती भएकाहरुलाई स्वदेश फर्काउन पहल गरिदिन आग्रह « Khabarhub

रुसी सेनामा भर्ती भएकाहरुलाई स्वदेश फर्काउन पहल गरिदिन आग्रह


२९ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । रुसी सेनामा भर्ती भएका नेपालीका परिवारले परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग भेट गरेका छन् । मंगलबार साँझ सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा उनीहरुले मन्त्री श्रेष्ठसँग भेटवार्ता गरेका हुन् ।

भेटवार्तामा उनीहरुले रुसी सेनामा भर्ना भएका नेपालीलाई स्वदेश फर्काउन पहल गर्न आग्रह गरेका छन् । सरकारले के गर्दा उनीहरुलाई नेपाल फर्काउन सकिन्छ सो व्यवस्था चाँडो गर्न आफन्तहरुको आग्रह छ ।

जवाफमा परराष्ट्र मन्त्री श्रेष्ठले रुसी सेनामा कार्यरत नेपालीहरुलाई फिर्ता ल्याउने कुरा अझै सहज नभएको बताए । सरकारले उनीहरुलाई नेपाल फर्काउनका लागि प्रयास गरिहेको श्रेष्ठको भनाइ छ ।

भेटवार्तापछि सञ्चारकर्मीलाई प्रतिक्रया दिँदै श्रेष्ठले स–युक्रेनबीच युद्ध जारी रहेका कारण रुसी सेनामा कार्यरत नेपालीहरुलाई फिर्ता ल्याउने अझै जटिलता रहेको बताए । रुसी सेनामा कार्यरत नेपालीलाई फिर्ता पठाउन रुस सरकार राजी भएको जानकारी पनि त्यहाँस्थित नेपाली दुतावासमार्फत आफूले पाएको उनले बताए ।

रुसी सेनामा कार्यरत नेपालीहरुसँग गरिएको सम्झौता रद्ध गर्न र फिर्ता पठाउने प्रक्रियाबारे जानकारी गराउन रुस सरकारसँग अनुरोध गरेको उनले जानकारी दिए ।

प्रकाशित मिति : २९ फाल्गुन २०८०, मंगलबार  १० : ०६ बजे

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका

दीपक-दीपाले आज छान्ने छन् करदाता उपहारका भाग्यशाली विजेता, १७ जनाले नगद पुरस्कार पाउने

काठमाडाैँ – आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको ‘करदाता प्रोत्साहन उपहार

सुनकोशीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा