एमाले नवलपुर अध्यक्षमा जीवन श्रेष्ठ निर्वाचित « Khabarhub

एमाले नवलपुर अध्यक्षमा जीवन श्रेष्ठ निर्वाचित


३० चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


675
Shares
  • change font
  • change font
  • change font

त्रिवेणी– नेपाल कम्युनिष्ट पार्टी (एमाले) नवलपुरको अध्यक्षमा जीवन श्रेष्ठ निर्वाचित भएका छन् । एमाले नवलपुरको नवौँ जिल्ला अधिवेशनले श्रेष्ठको अध्यक्षतामा एक सय तीन सदस्यीय जिल्ला कमिटी सर्वसम्मत निर्वाचित गरेको हो ।

सोमबारदेखि सुरु भएको नवौँ जिल्ला अधिवेशन बिहीबार राति सर्वसम्मत रूपमा जिल्ला कमिटी चयन गर्दै टुङ्गिएको हो । नवनिर्वाचित कमिटीको उपाध्यक्षमा यमुनाथ आचार्य, सचिवमा भीमलाल कँडेल, उपसचिवमा षडानन्द लामिछाने, महिला उपसचिवमा कल्पना देवकोटा छिन् । कमिटीमा दुई सदस्य पछि मनोनयन गरिने निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत रमेश काफ्लेले बताए । 

अधिवेशनले सदस्यतर्फ पालिका भूगोलमध्ये प्रत्येक नगरपालिकाबाट खुला चार, महिला दुई, युवा एक गरी चारवटा नगरपालिकाबाट  २८ जना, गाउँपालिकाबाट खुला दुई, महिला दुई, युवा एक गरी चारवटा गाउँपालिकाबाट २० जना सदस्य निर्वाचित गरेको छ ।

जिल्लालाई एउटा  भूगोल मानी खुला १४, महिला नौ र युवा चार गरी २७  सदस्य निर्वाचित भएका छन् ।

समावेशीतर्फबाट आदिवासी जनजातिबाट खुला तीन, महिला तीन, युवा पुरुष एक, युवा महिला एक, दलिततर्फ खुला चार, महिला दुई र युवा एक, थारू खुला तीन र महिला एक, अल्पसङ्ख्यक एक, मुस्लिम एक, अपाङ्ग एक गरी २२ र मजदुरबाट एक जना जिल्ला कमिटी सदस्य निर्वाचित भएका छन् ।

प्रकाशित मिति : ३० चैत्र २०८०, शुक्रबार  ७ : १० बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह