रमजानको समयमा लुटपाटको प्रतिरोध गर्दा पाकिस्तानमा १९ जनाको मृत्यु « Khabarhub

रमजानको समयमा लुटपाटको प्रतिरोध गर्दा पाकिस्तानमा १९ जनाको मृत्यु


३० चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

कराँची– रमजान २०२४ को समयमा पाकिस्तानको कराँचीमा आपराधिक घटना बढेको । रमजानको समयमा लुटपाटको प्रतिरोधमा १९ जनाको मृत्यु हुनुका साथै ५५ जना घाइते भएको एआरवाई न्यूजले जनाएको छ । लुटपाटको प्रयासमा कराँचीमा १९ नागरिकको मृत्युका लागि सशस्त्र लुटेराहरू जिम्मेबार रहेको एक प्रहरी अधिकारीले बताएका छन् । 

यस वर्ष कराँचीमा लुटपाटसम्बन्धी घटनामा ५६ जनाको मृत्यु भएको छ भने दुई सयभन्दा बढी घाइते भएका छन् । गत वर्षको समान अवधिमा डकैती विरुद्धको प्रतिरोधमा २५ जनाको मृत्यु भएको थियो भने एक सय १० जना घाइते भएका थिए । सन् २०२३ को समान परिस्थितिमा एक सय आठ जनाको मृत्यु र  चार सय ६९ जना घाइते भएको तथ्यांक छ ।  

कराँची प्रहरीको यस वर्ष लुटेराहरूसँग चार सय २५ मुठभेड हुँदा ५५ लुटेरा मारिएको र चार सय ३९ घाइते भएका छन् । नागरिक–प्रहरी सम्पर्क समिति (सिपिएलसी) को एक प्रतिवेदनअनुसार सन् २०२४ को पहिलो तीन महिनामा २२ हजार छ सय २७ अपराध दर्ता भएका थिए । यसमा ५९ को मृत्यु र लुटपाटको प्रतिरोधमा सात सय जनालाई चोट लागेको थियो । 

यसका अतिरिक्त यस अवधिमा तीन सय ७३ कार, १५ हजार नौ सय ६८ मोटरसाइकल र छ हजार एक सय दुई मोबाइल फोन चोरी वा लुटपाट भएको सूचना प्राप्त भएको छ । एआरवाई न्युजका अनुसार सिपिएलसीको प्रतिवेदनमा कराँचीमा २५ वटा जबरजस्ती असुलीको घटना र फिरौतीका लागि पाँचवटा अपहरणका घटना पनि रेकर्ड गरिएको छ । 

कराँचीका प्रहरी प्रमुख, अतिरिक्त महानिरीक्षक इमरान याकुबले अपराधको ठूलो हिस्सामा भित्री सिन्ध र बलुचिस्तानका सहित बाहिरी व्यक्ति संलग्न रहेको बताए। उनले रमजान र ईद–उल–फित्रको समयमा कराँचीमा करिब चार लाख ‘पेसेवर’ भिकारी र आपराधिक तत्व भेला हुने गरेको जानकारी दिए । 

प्रकाशित मिति : ३० चैत्र २०८०, शुक्रबार  १ : ०६ बजे

रास्वपाका समानुपातिक उम्मेदवार : पहिले दाइको पालो, अहिले भाइको पालो

काठमाडौं- सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले फागुन २१ मा प्रतिनिधि

एमाले केन्द्रीय कार्यालय परिसरमा भेटियो पेस्तोल

काठमाडौं‍- ललितपुरको च्यासलस्थित नेकपा एमालेको केन्द्रीय कार्यालय परिसरमा एउटा पेस्तोल

दुई लाख ४३ हजार मेट्रिक टन रासायनिक मल वितरण

काठमाडौं– चालु आर्थिक वर्ष २०८२-८३ मा विनियोजित बजेटबाट सरकारले हालसम्म

दार्चुलामा ९२ हजार ९४८ मतदाता कायम

खलङ्गा– दार्चुलामा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य

गुरुङ पहिरनमा प्रधानमन्त्री, भनिन्- निर्वाचनबाट युवाले चाहेजस्तो देश बनाउन सकिन्छ

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनमार्फत युवाहरूले चाहेजस्तो देश निर्माण गर्ने