अवैध लागूऔषधसहित चार जना पक्राउ « Khabarhub

अवैध लागूऔषधसहित चार जना पक्राउ


३० चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


372
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  झापा र काठमाडौंबाट अवैध लागूऔषधसहित चार जना पक्राउ परेका छन् ।  झापाकाे मेचिनगर नगरपालिका-१० धुलावारी चोक कोलोनिबाट अवैध लागूऔषध गाँजा ५ किलो ५ सय ग्रामसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा मकवानपुर कैलाश गाउँपालिका-४ बस्ने २७ वर्षीय पासाङ जिम्बा र  मेचिनगर नगरपालिका-१० खयरडागि बस्ने ५६ वर्षीय शम्भु राजबंशी रहेका छन् ।

लागूऔषध कारोबार हुँदै छ भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धुलावारीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

साथै राजबंशीको घरबाट अवैध लागूऔषध गाँजा १ किलो १ सय २० ग्राम, नगद ७ हजार रुपैयाँ, मोबाइल १ थान र मोटरसाइकल १ थान समेत प्रहरीले बरामद गरेको छ ।

त्यसतै, काठमाडौंकाे चन्द्रागिरि नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १० ग्रामसहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा कास्की पोखरा महानगरपालिका-४ बस्ने ३४ वर्षीय प्रज्वल हराचन र काठमाडौं तारकेश्वर नगरपालिका-१६ माछापोखरी बस्ने २१ वर्षीय सुलभ तामाङ रहेका छन् ।

प्रहरी प्रभाग नागढुंगा र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले बा.प्र ०१-००६ ख ५२१७ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ ।

प्रकाशित मिति : ३० चैत्र २०८०, शुक्रबार  १ : २२ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल