एपिएफको जितसँगै जीतपुरसिमरा गोल्डकपको सेमीफाइनल समीकरण पुरा « Khabarhub

एपिएफको जितसँगै जीतपुरसिमरा गोल्डकपको सेमीफाइनल समीकरण पुरा


३० चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

बारा– तीव्र हावाका कारण बिहीबार स्थगित भएको जगदम्बा स्टिल १४ औँ जीतपुरसिमरा गोल्डकपको अन्तिम क्वाटर फाइनल खेलमा एपिएफ फुटबल क्लब विजयी भएको छ ।

शुक्रबार बिहान सिमरा रंगशालामा एपिएफ र फ्रेण्डस क्लब बिच निर्धारित समयको बाँकी ३२ मिनटको खेल भएको थियो । खेल चलिरहेका बेला तीव्र गतिमा हावाहुरी चलेपछि आयोजक र अफिसियलले बिहीबार साँझ ५८ मिनटपछिको खेल स्थगित गरी शुक्रबार बिहान बाँकी खेल गर्ने निर्णय लिएका थिए ।

५८ औँ मिनटबाट पुनः सुचारु भएको खेलको ७३ औँ मिनटमा एपिएफका बुद्धिमान राईले गोल गर्दै टिमलाई अग्रता दिलाउन सफल भए ।

अनिश महर्जको कटब्याकमा बुद्धिमान राईले पेनाल्टी बक्स बाहिरबाटै सशक्त प्रहार गरेका थिए । बुद्धिमानको प्रहार गोलमा परिणत हुँदा फ्रेण्ड्सका गोलरक्षक अभिषेक बरालले रोक्ने कुनै प्रयास गर्न पाएनन् ।

१–० ले पछि परेको फ्रेण्ड्स सम्हालिन नपाउँदै अनन्त तामाङको आत्मघाती गोलमा एपिएफले अग्रता दोब्बर बनायो । एपिएफका अनिश महर्जनको प्रहार क्लिएर गर्न खोज्दा अनन्तको खुट्टामा लागेर बल गोलमा परिणत भएको थियो ।

एपिएफको जितसँगै जीतपुरसिमरा गोल्डकपको सेमीफाइनल समीकरण समेत पुरा भएको छ । फाइनल प्रवेशका लागि एपिएफले अर्को विभागीय टोली नेपाल पुलीस क्लबसंग शनिबार हुने सेमीफाइनल खेल्नेछ ।

शुक्रबार साँझ मच्छिन्द्र क्लब र सिराहाको सलहेश युवा क्लबका बिचमा पहिलो सेमीफाइनल खेल हुँदैछ ।

खेलको म्यान अफ दि म्याच एपिएफका बुद्धिमान राई घोषित भए । उनले शुभारम्भ कलेजले प्रायोजन गरेको १० हजार नगद सहित ट्रफि प्राप्त गरे ।

प्रकाशित मिति : ३० चैत्र २०८०, शुक्रबार  ४ : ४२ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको