छिमेक प्रथम नीतिमा भारत प्रतिबद्ध « Khabarhub

छिमेक प्रथम नीतिमा भारत प्रतिबद्ध


३० चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- भारतीय विदेशमन्त्री एस जयशंकरले आफ्नो मुलुक छिमेक प्रथम नीतिमा प्रतिबद्ध रहेको जनाएका छन् ।

सामाजिक सञ्जाल एक्स (साबिकको ट्विटर) मा पोस्ट गर्दै विदेशमन्त्री जयशंकरले आफ्नो मुलुक छिमेक प्रथम नीतिमा प्रतिबद्ध रहेको जनाएका हुन् ।

भारतले मालदिभ्सलाई अत्यावश्यक सामग्री प्रदान गरेको भन्दै त्यहाँका विदेशमन्त्री मुसा जमिरले भारतलाई धन्यवाद दिएसँगै जयशंकरले यस्तो टिप्पणी गरेका हुन् ।

मालदिभ्समा रहेको भारतीय उच्चायोगले पनि मालदिभ्सलाई अत्यावश्यक सामग्री सहयोग गर्न भारत सदैव तत्पर रहेको उल्लेख गरेको छ ।

पछिल्लो समय भारत र मालदिभ्सबीच कूटनीतिक सम्बन्ध चिसिएका बेला जयशंकरको यस्तो भनाइ आएको हो । मालदिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुले आफ्नो मुलुकमा रहेका भारतीय सुरक्षाकर्मीलाई तत्काल देश छाड्न निर्देशन दिएसँगै दुई मुलुकबीचको सम्बन्ध चिसिएको छ ।

प्रकाशित मिति : ३० चैत्र २०८०, शुक्रबार  ९ : २५ बजे

लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्तिविरुद्ध प्रदर्शन

काठमाडौं– लुम्बिनी विकास कोषको उपाध्यक्षमा भएको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन

कसरी भइरहेकाे छ एनपीएल उद्घाटनको तयारी ? सुदूरपश्चिम र लुम्बिनी भिड्दै

काठमाडौँ– नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आज सुरु

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल

निर्वासनपछि मचाडोको स्वदेश फिर्ती

काराकस– भेनेजुएलाकी विपक्षी नेतृ तथा नोबेल शान्ति पुरस्कार विजेता मारिया

दसैँ बिदा सकिएसँगै सरकारी कार्यालय खुले, काठमाडौंमा चहलपहल बढ्यो

काठमाडौं– नेपालीहरूको सबैभन्दा ठूलो चाड बडादसैँ सकिएसँगै सरकारी कार्यालयहरू सोमबारबाट