स्वास्थ्यमन्त्रीद्वारा स्वास्थ्य क्षेत्रको अनुसन्धानमा जोड « Khabarhub

स्वास्थ्यमन्त्रीद्वारा स्वास्थ्य क्षेत्रको अनुसन्धानमा जोड


३० चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले स्वास्थ्य क्षेत्रको अनुसन्धानमा जोड दिनुपर्ने बताएका छन् ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आयोजनामा भएको १०औँ स्वास्थ्य तथा जनसङ्ख्या क्षेत्रका वैज्ञानिकको शिखर सम्मेलनको आज समापन गर्दै स्वास्थ्यमन्त्री यादवले स्वास्थ्यका क्षेत्रमा कम अनुसन्धान भएकाले त्यसमा जोड दिनुपर्ने बताए ।

उनले स्वास्थ्य क्षेत्रको धेरै जोड उपचार र शिक्षामा दिएको उल्लेख गर्दै आजको विज्ञान र प्रविधिको युगमा हाम्रोजस्तो आर्थिक रुपपले पछाडि परेको मुलुकका लागि अनुसन्धानको महत्व रहेको बताए ।

परिषद्लाई अझ जनशक्ति र स्रोतको आवश्यकतालाई ध्यान दिने भन्दै स्वास्थ्यमन्त्री यादवले परिषद्लाई प्रादेशिक तहमा विस्तार गरिने बताए ।

उनले सम्मेलनबाट निस्केका निष्कर्षलाई सरकारले पृष्ठपोषकका रुपमा लिएर स्वास्थ्यसम्बन्धी नीतिनिर्माण प्रक्रियामा स्थान दिने र अनुसन्धानलाई टेकेर अगाडि बढ्ने बताए ।

कार्यक्रममा स्वास्थ्य सचिव डा रोशन पोखरेलले स्वास्थ्य क्षेत्रको अनुसन्धान गर्न बजेट बढाउने प्रतिबद्धता व्यक्त गरे । उनले परिषद् आफैले अनुसन्धान गर्ने नभई नियमनकारीका रुपमा हुनुपर्ने भन्दै शिक्षण अस्पताललाई संस्थागत रुपमा अनुसन्धानमा ल्याउनुपर्नेमा जोड दिए ।

स्वास्थ्य सेवाको पहुँचमा ठीक भए पनि गुणस्तरमा चुकेको उल्लेख गर्दै सचिव पोखरेलले आगामी दिनमा गुणस्तरीय स्वास्थ्य सेवाका बारेमा काम गर्नु आवश्यक रहेको बताए ।

प्रकाशित मिति : ३० चैत्र २०८०, शुक्रबार  ९ : ४३ बजे

झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ

काठमाडौँ– दसैँ, तिहारलगायतका चाडपर्वको रौनक बढेसँगै काठमाडौँ उपत्यकाका विभिन्न मठमन्दिर

बडादसैँ आजदेखि सुरु, घटस्थापना गरी जमरा राखिँदै

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २५ गते आइतबार सन् २०२६

कांग्रेसको उपसभापति र महामन्त्री पदको मतगणना जारी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदका