स्वास्थ्यमन्त्रीद्वारा स्वास्थ्य क्षेत्रको अनुसन्धानमा जोड « Khabarhub

स्वास्थ्यमन्त्रीद्वारा स्वास्थ्य क्षेत्रको अनुसन्धानमा जोड


३० चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले स्वास्थ्य क्षेत्रको अनुसन्धानमा जोड दिनुपर्ने बताएका छन् ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आयोजनामा भएको १०औँ स्वास्थ्य तथा जनसङ्ख्या क्षेत्रका वैज्ञानिकको शिखर सम्मेलनको आज समापन गर्दै स्वास्थ्यमन्त्री यादवले स्वास्थ्यका क्षेत्रमा कम अनुसन्धान भएकाले त्यसमा जोड दिनुपर्ने बताए ।

उनले स्वास्थ्य क्षेत्रको धेरै जोड उपचार र शिक्षामा दिएको उल्लेख गर्दै आजको विज्ञान र प्रविधिको युगमा हाम्रोजस्तो आर्थिक रुपपले पछाडि परेको मुलुकका लागि अनुसन्धानको महत्व रहेको बताए ।

परिषद्लाई अझ जनशक्ति र स्रोतको आवश्यकतालाई ध्यान दिने भन्दै स्वास्थ्यमन्त्री यादवले परिषद्लाई प्रादेशिक तहमा विस्तार गरिने बताए ।

उनले सम्मेलनबाट निस्केका निष्कर्षलाई सरकारले पृष्ठपोषकका रुपमा लिएर स्वास्थ्यसम्बन्धी नीतिनिर्माण प्रक्रियामा स्थान दिने र अनुसन्धानलाई टेकेर अगाडि बढ्ने बताए ।

कार्यक्रममा स्वास्थ्य सचिव डा रोशन पोखरेलले स्वास्थ्य क्षेत्रको अनुसन्धान गर्न बजेट बढाउने प्रतिबद्धता व्यक्त गरे । उनले परिषद् आफैले अनुसन्धान गर्ने नभई नियमनकारीका रुपमा हुनुपर्ने भन्दै शिक्षण अस्पताललाई संस्थागत रुपमा अनुसन्धानमा ल्याउनुपर्नेमा जोड दिए ।

स्वास्थ्य सेवाको पहुँचमा ठीक भए पनि गुणस्तरमा चुकेको उल्लेख गर्दै सचिव पोखरेलले आगामी दिनमा गुणस्तरीय स्वास्थ्य सेवाका बारेमा काम गर्नु आवश्यक रहेको बताए ।

प्रकाशित मिति : ३० चैत्र २०८०, शुक्रबार  ९ : ४३ बजे

सुदूरपश्चिम प्रदेशसभा : दलित सशक्तीकरण विधेयकमाथि छलफल

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकमा ‘दलित सशक्तीकरण ऐन २०७८ लाई

गगन–विश्वले पुस २७ र २८ मा विशेष महाधिवेशन गर्दै

काठमाडौं– नेपाली कांग्रेशका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले यही

सेतो मच्छिन्द्रनाथको मूर्तिमा रंगरोगन गरिँदै (तस्बिरहरू)

काठमाडौं– आइतबार सम्पन्न पवित्र स्नानपछि सेतो मच्छिन्द्रनाथ (अवलोकितेश्वर/करुणामय) को मूर्तिमा

रास्वपासँग राजनीतिक सहमति गर्ने पक्षमा जेन-जी फ्रन्ट र काउन्सिल, अलायन्स भने सडकतिर

काठमाडौं- सोमबार राति काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह, राष्ट्रिय स्वतन्त्र

अध्यागमन विभागले कार्यान्वयनमा ल्यायो विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली

काठमाडौं– अध्यागमन विभागले विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली कार्यान्वयनमा ल्याएको