बाढीग्रस्त रूसी सहरका नागरिकलाई स्थानान्तरण गर्न निर्देशन « Khabarhub

बाढीग्रस्त रूसी सहरका नागरिकलाई स्थानान्तरण गर्न निर्देशन


३० चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

मस्को – रूसको ओरेनबर्ग शहरमा शुक्रबार आएको ‘घातक’ बाढीपछि युराल नदीमा पानीको बहाव बढ्दै जाँदा ’ठूलो सङ्ख्यामा मानिसहरूलाई अन्यत्र स्थानान्तरण’ गर्न बाध्य पारिएको रूसी मेयरले बताएका छन् ।

तीव्र गतिमा बढिरहेको तापक्रमले हिउँ र बरफ पग्लेको छ र भारी वर्षाका कारण रूस र कजाकिस्तान पार गर्ने थुप्रै प्रमुख नदीहरू उर्लेका छन् ।“शहरमा साइरन बजिरहेको छ,” ओरेनबर्गका मेयर सर्गेई साल्मिनले टेलिग्राममा भने, “यो कुनै कसरत होइन ।”

उनले भने “सामूहिक उद्धार कार्य जारी छ । अवस्था ज्यादै दयनीय छ, समय खेर नफाल्नुहोस् । शहरका धेरै जिल्लाका मानिसहरूलाई खाली गर्न आह्वान गर्दछु ।”

युराल नदीमा आस्र्कको अधिकांश भागमा बाढी आएको छ र क्षेत्रीय राजधानी ओरेनबर्गले नदीमा बढ्दो पानीको वहावको लागि तयारी गरिरहेको छ ।यस सहरको जनसङ्ख्या लगभग पाँच लाख ५० हजार रहेको छ ।

“पछिल्लो १० घण्टामा युराल नदीमा पानीको सतह ४० सेन्टिमिटर (१५.७ इन्च) ले बढेको छ,” साल्मिनले भने ।अधिकारीहरूले ओरेनबर्गका करिब दुई हजार ५०० घरहरू पानी र लगभग पाँच हजार प्रभावित व्यक्तिहरूलाई बताएका छन्।

रुसको सरकारी सञ्चारमाध्यममा सार्वजनिक भएका तस्बिरमा युरोप र एसियाको सिमानामा रहेको एक स्मारकतर्फ जाने गल्लीमा बाढी पसेको र बत्तीका खम्बाहरू आंशिक रूपमा डुबेको देखिएको छ । उनीहरूले धेरै घरहरूमा डुबान भएको पनि देखाएका छन् ।

पश्चिमी साइबेरियामा इशिम नदी पनि खतरनाक स्तरमा पुगेको टियुमेन क्षेत्रका अधिकारीहरूले बताएका छन् । अधिकारीहरूले इशिम र तोबोल नदी अप्रिल २३–२५ को आसपासमा मात्र चरम बिन्दुमा पुग्ने अनुमान गरेका छन् ।

एक क्षेत्रीय अधिकारी सर्गेई बालिकिनले आरआईए नोभोस्ती राज्य समाचार संस्थालाई बताए अनुसार ओरेनबर्गमा शिखर शुक्रबार वा शनिबार मात्र आउनेछ ।रूसले ओरेनबर्ग क्षेत्रका करिब १० हजार मानिसलाई पानीको बहावबाट सुरक्षित स्थानमा सारेको छ ।

कुर्गान र टोम्स्क क्षेत्रमा पर्ने कैयौँ गाउँलाई पनि खाली गराइएको छ ।अधिकारीहरूले भने बाँध भत्किएपछि नराम्ररी प्रभावित भएको ओस्र्कको स्थितिमा सुधार आएको बताएका छन् । उनीहरूले पानीको सतह फेरि घट्दै गएको बताएका छन् ।

कजाकिस्तानले ९६ हजार भन्दा बढी मानिसहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ भने पेट्रोपाभलोभ्स्क शहर पनि बाढीको सबैभन्दा खराब अवस्थाको सामना गरिरहेको छ ।विज्ञहरूका अनुसार विश्वमा उच्च तापक्रमका कारण भारी वर्षा, बाढी र डुबानका घटना देखिए पनि विश्वव्यापी तापक्रमबीच कुनै प्रत्यक्ष सम्बन्ध छैन ।

प्रकाशित मिति : ३० चैत्र २०८०, शुक्रबार  १० : ०४ बजे

कांग्रेस सहमहामन्त्री खस आर्यमा मनोजमणि आचार्यको अग्रता, जगदीश्वर केसी पछ्याउँदै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खस आर्यतर्फको केन्द्रीय सहमहामन्त्री पदमा

उदयपुरमा बस दुर्घटना एकको मृत्यु, १६ जना घाइते

उदयपुर– काठमाडौँबाट धरानतर्फ गइरहेको यात्री बस उदयपुरमा बस मदन भण्डारी

राजमार्गका अस्वस्थकर र महँगा होटलमा रोकिए चालक र सञ्चालकलाई कडा कारबाही हुने

काठमाडौँ– सार्वजनिक यात्रुवाहक सवारी साधन रोकिने राजमार्ग क्षेत्रका होटल तथा

सामुदायिक विद्यालयमा पूर्वाधार लगानी : पहिलो चरणमा छानिए ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित)

काठमाडौँ– शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत

लोकतन्त्रलाई अलोकतान्त्रिक ढङ्गले हुत्त्याउने प्रवृत्तिको अन्त्य हुनुपर्छ : ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार अलोकतान्त्रिक, असामाजिक