शीर्ष स्थानको कोलकातासँग मुम्बई १८ रनले पराजित « Khabarhub

शीर्ष स्थानको कोलकातासँग मुम्बई १८ रनले पराजित


३० बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा शीर्ष स्थानको कोलकाता नाइट राइडर्सले मुम्बई इन्डियन्सलाई १८ रनले पराजित गरेको छ।

वर्षाले अवरुद्ध भएपछि १६ ओभरमा छुट्याइएको खेलको सुरुमा ब्याटिङ गरेको कोलकाताले दिएको १५८ रनको लक्ष्य पूरा गर्न नसक्दा प्लेअफ दौडबाट बाहिरिएको मुम्बई आठ विकेट गुमाउँदै १३९ रनमा समेटिएको हो। यो जितसँगै कोलकाता शीर्ष स्थानमा रहँदै १८ अंकका साथ प्लेअफमा पुगेको छ। मुम्बई भने प्लेअफको दौडबाट यसअघि नै बाहिरिसकेको टिम हो। उसले १३ खेल खेल्दा ९ खेल गुमाएको छ।

टस जितेर मुम्बईले ब्याटिङको निम्तो दिएको खेलमा कलकाताका सुरुवाती ब्याट्सम्यान सस्तैमा समेटिएका थिए। उसका लागि वेंकटेश अय्यरले सर्वाधिक ४२ रन बनाए। नितिश राना ३३ रनमा आउट हुँदा आन्द्रे रसेल २४ र रिंकु सिंह २० रन बनाएर आउट भएका थिए। उसका लागि रमनदीप सिंह १७ रनमा नटआउट रहे। ओपनर फिल साल्टले ५ बलमा ६ रन बनाउँदा सुनिल नारायन पहिलो बलमै आउट भएका थिए। मुम्बईले कोलकातालाई १६ ओभरमा ७ विकेट हात पार्दै १५७ रनमा समेटेको थियो।

उसका लागि जसप्रित बुमराह र पियुष चावलाले समान दुईदुई विकेट लिँदा अंशुल कम्बोज र नुवान तुषाराले एकएक विकेट हात पारेका थिए।

कोलकाताले दिएको १५८ रनको लक्ष्य पछ्याएको मुम्बईका लागि इशन किसनले सर्वाधिक ४० रन जोडे भने तिलक बर्माले ३२ रन बनाए। रोहित शर्मा १९, नमन धिर १७ रनमा आउट हुँदा सूर्यकुमार यादवले ११ रन मात्र जोडे। अन्य ब्याट्सम्यानले भने दोहोरो रन जोड्न सकेनन्। कप्तान हार्दिक पाण्डेयले ४ बल खेलेर २ रन जोडेका थिए।

मुम्बईलाई सस्तैमा समेट्न कोलकाताका हर्षित राना, वरुण चक्रवर्ती र आन्द्रे रसेलले समान दुईदुई विकेट हात पारे भने सुनिल नारायनले १ विकेट लिए। आईपिएलको यो सिजनमा अब मुम्बईले अब एउटा मात्र खेल खेल्न बाँकी छ। शीर्ष स्थानको कोलकाताले भने अझै दुई खेल खेल्नेछ।

प्रकाशित मिति : ३० बैशाख २०८१, आइतबार  ५ : ५७ बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर