अमेरिकी चुनावको पेचिलो मुद्दा बन्दै गाजा आक्रमण | Khabarhub Khabarhub

अमेरिकी चुनावको पेचिलो मुद्दा बन्दै गाजा आक्रमण

सहयोगीलाई रुष्ट बनाउँदै इजरायल


३० बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

सन् २०२४ को अन्त्यमा अमेरिकामा राष्ट्रपति पदको निर्वाचन हुँदैछ। सो निर्वाचनमा विविध मुद्दा उठ्ने छन्। यसरी उठ्ने मुद्दामध्ये निश्चय पनि आप्रवासीको विषय रहने छ। मेक्सिकोको सीमाबाट पार हुने अवैध आप्रवासीको मुद्दा अबको चुनावको मुख्य विषय हुनेछ। साथमा रुस युक्रेन युद्धको विषय उठान हुने पक्का छ। यसरी उठाइने विषयमा संसारमै पछिल्लो समय देखिँदै आएको आर्थिक मन्दीको विषय पनि उठ्ने छ। अहिले धेरै देशको आर्थिक दुरावस्था, जीवन यापनमा पर्ने समस्या तथा त्यस क्षेत्रमा अमेरिकी भूमिकाका विषय पनि पक्कै उठान हुनेछन्।

जलवायु परिवर्तनको विषय पक्कै पनि उठ्ने छन्। पेरिस सम्झौता र कार्यान्वयनको विषय पनि अबको निर्वाचनमा उठ्ने विषय हुन्। यी सबै मुद्दा भन्दा अहिलेको पेचिलो मुद्दा भने इजरायलको गाजा आक्रमण र अमेरिकी भूमिकाको विषय नै हो। यी विषय आसन्न निर्वाचनको विषय बन्ने छन्।

अमेरिकाले इजरायलले आफूले दिएको हतियारको दुरुपयोग गर्दै अन्तर्राष्ट्रिय मानवतावादी कानुनको उल्लङ्घन गरेको जनाएको छ।

७ अक्टोबरका दिन हमासले इजरायलमा आक्रमण गर्दै एक हजार दुई सय जनाको ज्यान लिएको थियो। त्यसैको प्रत्याक्रमण स्वरूप इजरायलले पनि आक्रमण गरेको थियो। यसरी गरिएको आक्रमणमा अमेरिका लगायत पश्चिमा शक्तिले साथ नदिएका होइनन्। पछिल्लो घटनाक्रमले भने इजरायलले त्यो साथ पाउने सम्भावना कम भएको छ। तर साथ नै पाउँदैन भन्ने होइन। परन्तु अमेरिकामै यो विषयमा गम्भीर छलफल हुनेछ।

रफाहमा मानव अधिकारको हनन भएको प्रतिवेदन सार्वजनिक भए पनि इजरायलले आफै एक्लै लड्ने चेतावनी दिएको छ। त्यसको प्रतिक्रियामा अमेरिकी धारणा पनि सार्वजनिक भइसकेको छ। अमेरिकाले इजरायलले आफूले दिएको हतियारको दुरुपयोग गर्दै अन्तर्राष्ट्रिय मानवतावादी कानुनको उल्लङ्घन गरेको जनाएको छ।

अहिलेको इजरायल युद्धको बारेको प्रतिवेदन काँग्रेसमा दर्ता भइसकेको छ। गत वर्षको सुरुवातदेखि अमेरिकी चासो रहेका अन्य ६ देशको बारेमा पनि अमेरिकी विदेश मन्त्रालयले पुर्नविचार गर्ने भएको छ। इजरायल डिफेन्स फोर्स (आइडीएफ)ले गाजामा अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन गरेको रिपोर्टका कारण अब सहयोगलाई निरन्तरता दिने या नदिने भन्ने प्रश्न गम्भीर बनेको छ।

इजरायलले भने गाजामा हमाससँग लड्नका लागि विशेष खालको युद्ध नीति अवलम्बन गर्ने जनाइसकेको छ। पछिल्लो समय इजरायलले हतियारको सही उपयोग गर्ने प्रतिबद्धतालाई नभुल्ने र त्यसै अनुसार चल्न पछिल्लो प्रतिबद्धता जनाएको छ।

हमासले मानव ढालको प्रयोग गरिरहेको छ। यो मानव ढालका कारण इजरायली युद्धले धेरै सर्वसाधारणको ज्यान गएको छ। यसमा सतर्कता अपनाउने इजरायलले पछिल्लो समय जनाएको छ।

अमेरिकाले अन्तर्राष्ट्रिय मानवतावादी कानुनको उल्लङ्घन हुनेगरी कुनै पनि काम हुन नदिने गरिने प्रतिबद्धतामा अडिग रहेको जनाएको छ। इजरायलसँग विगतमा पनि यस किसिमको युद्धको अनुभव भएको तथा अप्ठेरोमा कसरी सर्वसाधारणको रक्षा गर्दै आफूलाई सुरक्षित गर्ने भन्ने प्रस्ट भएको पनि जनाइएको छ।

अहिले जुन ढङ्गले सर्वसाधारणको ज्यान गएको छ। आइडीएफ यस सवालमा गम्भीर नभएको आशङ्का बारम्बार पैदा भएको समेत जनाइएको छ। मानव अधिकारवादी सङ्गठन र राष्ट्र सङ्घका अनुसार इजरायलको मानवीय क्षति रोक्ने सवालमा भूमिका अस्थिर, अपूर्ण र निस्प्रभावी रहेको जनाइएको छ।

मानव अधिकारवादी सङ्गठन र राष्ट्र सङ्घका अनुसार इजरायलको मानवीय क्षति रोक्ने सवालमा भूमिका अस्थिर, अपूर्ण र निस्प्रभावी रहेको जनाइएको छ।

अमेरिकी विदेश विभागका अनुसार इजरायलले गाजा आक्रमणको सुरुवाती समयमै अमेरिकासँग पूर्ण सहकार्य नगरेको समेत जनाएको छ। इजरायलले आफूलाई सुधार गरेमा मानवतावादी सोचकै कारण सहकार्यको बारेमा धेरै पुर्नविचार गर्नु आवश्यक रहेको समेत जनाइएको छ।

यो रिपोर्ट तयार पार्ने व्यक्ति मध्य टर्कीका लागि पूर्व अमेरिकी राजदूत डेभिड सेटरफिल्ड पनि एक हुन्। उनले त्यो रिपोर्ट अनुसार इजरायलसँगको सहकार्यको बारे बारम्बार सोच्न बाध्य भएको बताएका छन्। उनी न्यायिक निर्णय गर्नका लागि अझ धेरै कुरा पत्ता लगाउनु पर्नेमा जोड दिन्छन्।

राष्ट्रपति जो वाइडेनले हतियार र आर्टीलरी सेल सहयोगलाई बन्द गर्ने चेतावनी दिएको एक दिनपछि सो रिपोर्ट बुझाइएको हो। अहिले सबैको चासो रहेको रफाहामा पाँच लाख भन्दा बढी प्यालेस्टाइनीको बसोबास छ। त्यसै स्थानमा धेरै मानव अधिकार हनन तथा सर्वसाधारणको ज्यान गएको समाचार बाहिर आएको छ।

लगातारको बमबारीपछि त्यो स्थान छाड्नेको सङ्ख्या बढी रहेको छ। गएको सोमबारसम्म ८० हजार जनाले रफाहा छाडे। सुरुमा इजरायलले रफाहाबाट इजिप्ट जाने बाटो बन्द गरेको थियो। राष्ट्र संघले यो निर्णय अझ बढी घातक हुने जनाएपछि बाटो सुचारु भएको हो। अहिले हमासको स्वास्थ्य मन्त्रालयले जनाए अनुसार ३४ हजार भन्दा बढीको ज्यान गइसकेको छ।

अहिले सबैको चासो रहेको रफाहामा पाँच लाख भन्दा बढी प्यालेस्टाइनीको बसोबास छ। त्यसै स्थानमा धेरै मानव अधिकार हनन तथा सर्वसाधारणको ज्यान गएको समाचार बाहिर आएको छ।

गत मंगलबार अमेरिकाको अस्टिन सिटी हलमा प्यालेस्टाइनी रङ्गको प्रतिनिधित्व गर्ने बैजनी लुगा लगाएर प्रदर्शन गर्नेको ताती थियो। यो साता अमेरिकामा नै प्यालेस्टाइनी स्वतन्त्रताको पक्षमामा नै प्रदर्शन भएपछि यसले युद्ध विरामलाई थप दबाब दिएको थियो। त्यसो त अमेरिकामा रहेका यहुदीहरूले पनि विगतमा हमासले बन्दी गराएकाको रिहाइका लागि पहल गर्नुपर्ने आवाजसहित प्रदर्शन गरेका थिए।

सिटी हलमा मंगलबार राति स्थानीय पाकिस्तानी सोलीडारिटी कमिटी, प्यालेस्टाइनी यूथ मुभमेन्ट र पार्टी फर सोसलीजम एन्ड लिबरेसनको पहलमा प्रदर्शन भएको थियो।

सोमबार इजरायलले त्यहाँ रहेका धेरै जनालाई बाहिर निकालेर बमबारी सुरु गरेको थियो। इजिप्ट र कतारबाट आएको युद्ध विरामको प्रस्तावलाई हमासले ग्रीन सिग्नल दिएपछि पनि इजरायलले हमास माथिको दबाब बढाउन भन्दै बमवारिलाई अझ तीव्र बनाएको थियो। अमेरिका, राष्ट्र सङ्घ र अन्तर्राष्ट्रिय अपराध अदालतले यसमा बारम्बार चासो दिएका थिए। यसै चासोको बिच भएको प्रदर्शनमा एक सय ३० प्यालेस्टाइनी प्रदर्शनकारी गिरफ्तार भएको समाचार छ।

यसै साता जापानको टोकियोमा पनि प्रो प्यालेस्टाइनी प्रदर्शन भएको थियो। सो प्रदर्शनको माग पनि एउटै थियो। रफाहमा युद्ध विराम तथा बन्दी रिहाइ। अहिले युद्धको सुरुवातको भन्दा अवस्था फेरिएको छ। सुरुमा हमासले आक्रमण गरेका कारणका धेरैको सद्भाव इजरायलमाथि नै थियो।

६ महिना यता हमासलाई नियन्त्रणमा लिने नाममा सर्वसाधारणको ज्यान गएको छ। बन्दी बनाइएकाहरू नछुटे पनि धेरै आफन्तको रुवाबासी भएको छ। पछिल्ला दिनमा रफाहको घटनालाई नरसंहारकै रूपमा लिइएको छ।

इजरायललाई सहयोग गर्ने उसका सहयोगी देशमा सरकारलाई उल्टो दबाब परेको छ। अहिलेसम्म पनि रफाहा छाड्नेको लस्कर छ। मानिसहरू विस्थापित भइरहेका छन्।

अमेरिकाले इजरायललाई सहयोग रोक्ने, इजरायलले आफूलाई परिमार्जन गर्ने तथा हमासले बन्दी रिहा गरेर युद्ध विराम गर्ने भन्ने कुराको टुङ्गो सायद केही दिनमा नै लाग्छ।
स्रोत : बिबिसी, अस्टिन अमेरिका स्टेटमेन्ट र द मिनिची

प्रकाशित मिति : ३० बैशाख २०८१, आइतबार  ७ : १२ बजे

कम्पनी साझेदारका रूपमा रवि लामिछाने पनि सहकारी ठग हुन् : शंकर पोखरेल

काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेलले सहकारी ठगीमा संलग्न

पुलिसले जित्यो काभा भलिबल क्लब च्याम्पियनसिपको उपाधि

काठमाडौं – विभागीय टोली नेपाल पुलिस क्लबले काभा महिला भलिबल

एलओडीमा आउँदै अमेरिकन र्‍यापर लिल पम्प

काठमाडौं – अमेरिकन चर्चित र्‍यापर ‘लिल पम्प’ नेपाल आउने भएका

मौलिक अधिकार कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ : सञ्चारमन्त्री गुरुङ

लमजुङ – सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले संविधानमा व्यवस्था

बालबालिकाका लागि रचनात्मक कार्यमा ध्यान दिन्छौँ चिरीबाबु महर्जन

ललितपुर – ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बालदिवसलाई लक्षित गरी