स्पेनिस ला लिगा : रियल मड्रिडको फराकिलो जित | Khabarhub Khabarhub

स्पेनिस ला लिगा : रियल मड्रिडको फराकिलो जित


३० बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा उपाधि पक्का गरिसकेको रियल मड्रिडले आफ्नो अग्रतालाई झनै बढाएको छ ।

गएराति भएको खेलमा ग्रानाडालाई ४–० गोलले हराउँदै रियल मड्रिडले आफ्नो अग्रतालाई फराकिलो बनाएको छ ।

रियलका लागि ब्राहिम डीयाजले दुई तथा फ्रान गार्सिया, आर्डा गलेरले एक–एक गोल गरेका थिए ।

खेलको ३८औँ मिनेटमा गार्सियाले गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाएका थिए । यस्तै, पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा गुलेरले गोल गर्दै रियलको अग्रतालाई दोब्बर बनाए ।

त्यसपछि खेलको ४९औँ तथा ५८औँ मिनेटमा डीयाजले गोल गर्दै रियल मड्रिडलाई ४–० गोलको जित दिलाए ।

यो जितसँगै ३५ खेलबाट ९० अंक जोडेको रियल मड्रिड शीर्षस्थानमा छ । पराजित भएको ग्रानाडाको २१ अंक छ । यस्तै, दोस्रो स्थानमा रहेको जिरोनाको ७५ अंक छ ।

प्रकाशित मिति : ३० बैशाख २०८१, आइतबार  ७ : १४ बजे

चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण

चितवन– चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीन

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

मनाङ– मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ

म्याग्दीको रुममा चारसय परिवारलाई खानेपानी

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुममा ‘एक घर, एक धारा’ सहितको

काठमाडौं उपत्यका : एकै दिन घुम्न सकिन्छ सात सम्पदा

काठमाडौं – खुला संग्रहालयको रुपमा विश्वसामु परिचित काठमाडौं उपत्यका जहाँ

तीन दशकपछि सडक कालोपत्र

तनहुँ– करिब तीन दशकअघि रेखाङ्कन गरिएको तनहुँको भानु नगरपालिकास्थित कालीमाटीदेखि