साउदी प्रो लिग : अल हिलाललाई उपाधि « Khabarhub

साउदी प्रो लिग : अल हिलाललाई उपाधि


३० बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साउदी प्रो लिगको उपाधि अल हिलालले जितेको छ । शनिबार राति सम्पन्न खेलमा अल हिलालले अल हाजमलाई ४–१ गोल अन्तरले पराजित गर्दै तीन खेल बाँकी छँदै यस सिजनको लिगको उपाधि जितेको हो ।

अल हिलालको जितमा अलेक्जाण्डर मिट्रोभिकले दुई तथा सेर्गेज मिलिन्कोभिकले एक गोल गरेका थिए । यस्तै, एक गोल भने आत्मघाती उपहार स्वरुप प्राप्त भएको थियो । यता, अल हाजमका फैज सेलेमानीले एक गोल फर्काएका थिए ।

यो जितपछि अल हिला अपराजित रहदै ३१ खेलबाट ८९ अंकसहित शीर्षस्थानमा छ । दोस्रो स्थानमा रहेको अल नासरको समान खेलबाट ७७ अंक छ । पहिलो र दोस्रो टोलीबीचको अन्तर १२ अंक रहेको छ ।

यो अल हिलालको १९औं लिग उपाधि हो । अल हिलाल साउदी लिग सबैभन्दा बढी पटक जित्ने क्लब समेत हो । अल हिलालपछि अल इतिहाद र अल नासरले ९९ पटक लिगको उपाधि जितेका छन् ।

प्रकाशित मिति : ३० बैशाख २०८१, आइतबार  ७ : २५ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको