भारतको लोकसभा चुनाव : तेस्रो चरणमा ६५ प्रतिशत मतदान « Khabarhub

भारतको लोकसभा चुनाव : तेस्रो चरणमा ६५ प्रतिशत मतदान


३० बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – भारतमा तेस्रो चरणमा ६५ दशमलव ६८ प्रतिशत मतदान भएको छ। भारतीय चुनाव आयोगका अनुसार गत ७ मे मा १२ राज्यको ९४ लोकसभा सिटका लागि ६५ दशमलव ६८ प्रतिशत मतदान भएको हो।

जसमा ६६ दशमलव ९८ प्रतिशत पुरुष, ६४ दशमलव ४१ प्रतिशत महिला र २५ दशमलव २ प्रतिशत तेस्रो लिङ्गीले मतदान गरेका आयोगले जानकारी दिएको छ।

आयोगले चार दिनपछि तेस्रो चरणको मतदानको तथ्याङ्क जारी गरेको हो। पहिलो चरणको तथ्याङ्क ११ दिनमा जारी गरेको आयोगले दोस्रो चरणको सहभागीतालाई चार दिनपछि सार्वजनिक गरेको थियो।

तथ्याङ्क ढिला सार्वजनिक हुँदा कांग्रेससहित विपक्षी दलले प्रश्न उठाएका थिए। पहिलो चरणमा १ सय २ संसदीय सिटमा ६६ दशमलव १४ प्रतिशत, दोस्रो चरणमा ८९  सिटमा ६६ दशमलव ७१ प्रतिशत मतदात भएको थियो।

प्रकाशित मिति : ३० बैशाख २०८१, आइतबार  ८ : १७ बजे

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका