मुस्लिम बहुल कश्मिरमा भाजपाले चुनाव नलड्ने « Khabarhub

मुस्लिम बहुल कश्मिरमा भाजपाले चुनाव नलड्ने


३० बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


462
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) ले कश्मिरमा चुनाव नलड्ने भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भाजपाले कश्मिरमा लोकसभा चुनावमा उम्मेद्वार नउठाउने निर्णय गरे पनि हिन्दु बहुल जम्मुको दुई सिटमा भने उम्मेदवार उठाउने भएको छ।

तीन सिट रहेको मुस्लिम बहुल कश्मिरमा उम्मेद्वार नउठाउने भएको हो। भाजपाको यो निर्णय त्यहाँ रहेका नागरिकको रिसतर्फ इशारा गर्ने राजनीतिक विश्लेषक र विपक्षी पार्टीका नेताले बताएका छन्।

कश्मिर र दिल्लीको सम्बन्ध दशकौंदेखि तनावपूर्ण रहेको छ। भारत सरकारविरुद्ध चरमपन्थी र उसलाई दबाउन प्रयोग भएको सैन्य कारबाहीमा परेर तीन दशकमा हजारौं नागरिकको मृत्यु भएको छ।

सन् २०१९ मा प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले अनुच्छेद ३७० खारेज गरेर जम्मु र कश्मिरलाई दुई केन्द्र शासित प्रदेशमा बाँडेपछि अवस्था तनावपूर्ण बनेको हो। भारतीय संविधानको अनुच्छेद ३७० ले जम्मु र कश्मिरलाई स्वायत्तता दिएको थियो।

प्रकाशित मिति : ३० बैशाख २०८१, आइतबार  ८ : ५३ बजे

लुम्बिनी प्रादेशिक ललितकला प्रदर्शनी सुरु

काठमाडौं– नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजना र नेपाल व्यावसायिक कलाकार सङ्घ, रुपन्देही

पहिलो पटक निर्वाचनमा होमिएको माओवादीले सार्वजनिक गर्‍यो घोषणापत्र

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (माओवादी) ले गरिब जनताको आर्थिक स्थिति

नेप्से परिसूचक १९ अङ्कले घट्यो

काठमाडौं– यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

डीपी अर्यालको संयोजकत्वमा रास्वपाले बनायो सङ्घीय निर्वाचन सम्पादन समिति गठन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते

रास्वपाले फागुनको पहिलो साता घोषणापत्र सार्वजनिक गर्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुनको पहिलो साता चुनावी घोषणापत्र