सभामुखबाट दलका प्रमुख सचेतकहरुको बैठक आह्वान « Khabarhub

सभामुखबाट दलका प्रमुख सचेतकहरुको बैठक आह्वान


३० बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सभामुख देवराज घिमिरेले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीसहित राजनीतिक दलका प्रमुख सचेतक तथा सचेतकहरुबो बैठक आह्वान गरेका छन् ।

दिउँसो २ बजे सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बस्ने बैठकमा जेठ १ गते संसदमा प्रस्तुत गरिने नीति तथा कार्यक्रमको तयारीलगायतका विषयमा छलफल हुनेछ ।

सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय समित बनाउनु पर्ने माग गर्दै कांग्रेसले लगातार संसद बैठक अवरुद्ध गर्दै आएको छ ।

सो समस्या कसरी समाधान गर्ने र निर्वाध रुपमा संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भन्ने विषयमा सभामुखले दलका प्रमुख सचेतकहरुसँग राय लिन लागेका हुन् ।

 

प्रकाशित मिति : ३० बैशाख २०८१, आइतबार  ११ : ११ बजे

व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार

गण्डकी– रोजगारीका लागि युवाहरू विदेश पलायन भइरहेका बेला तनहुँको शुक्लागण्डकी

युरोपेली सङ्घद्वारा रूसी न्यायपालिकाका सदस्यमाथि प्रतिबन्ध

एजेन्सी– युरोपेली सङ्घ (इयु) ले सोमबार रुसी न्यायपालिकाका दुई सदस्यमाथि

दोस्रो दिन पनि मिराज नेतृत्वका जेन-जी सडकमा (तस्बिरहरू)

काठमाडौं– जेन–जी आन्दोलनका अगुवा मिराज ढुंगाना समूहले आज पनि  प्रदर्शन गर्दै

अमेरिकामा मेक्सिकन विमान दुर्घटना, पाँच जनाको मृत्यु

एजेन्सी– अमेरिकी राज्य टेक्सासमा मेक्सिकन नौ – सेनाको चिकित्सा सामाग्री

सक्रिय बन्दै गण्डकीका न्यायिक समिति : अधिकांश मुद्दा मेलमिलापमै टुङ्गिए

गलकोट– गण्डकी प्रदेशका ११ जिल्लाका ८५ स्थानीय तहका न्यायिक समिति