संसदीय समिति बनाउन प्रधानमन्त्री सकरात्मक : कांग्रेस « Khabarhub

संसदीय समिति बनाउन प्रधानमन्त्री सकरात्मक : कांग्रेस


३० बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको छलफल सकारात्मक भएको जनाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलपछि कांग्रेस प्रमुख सचेतक रमेश लेखकले आफूहरुको मागमा प्रधानमन्त्री सकारात्मक भएको प्रतिक्रिया दिए । उनले भने, ‘हामीले हाम्रो पूर्व अडान राख्यौँ, प्रधानमन्त्री यसमा सकारात्मक हुनुहुन्छ ।’

बैठकमा सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, राष्ट्रियसभा संसदीय दलका नेता कृष्ण प्रसाद सिटौला र प्रमुख सचेतक रमेश लेखक सहभागी थिए ।

कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि छानबिन हुनुपर्ने अडान राख्दै आएको छ । सहकारी ठगी प्रकरणमा लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै शुक्रबारबाट सुरु भएको बजेट अधिवेशनको पहिलो दिन नै संघीय संसदका दुवै सदन अवरुद्ध गरेको थियो ।

जेठ १ गते नीति तथा कार्यक्रम ल्याउने तयारी गरिरहेको अवस्थामा कांग्रेसले आगामी बैठक पनि अवरोध गर्ने चेतावनी दिएपछि सरकार अप्ठ्यारोमा परेको छ ।

कांग्रेस प्रमुख सचेतक लेखकले सोमबार बस्ने संसदीय कार्यसमिति र संसदीय दलको बैठकले थप निर्णय गर्ने बताए । कांग्रेसले सोमबार अपराह्न २ बजे संसदीय दलको बैठक बोलाएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०८१, आइतबार  ११ : ४४ बजे

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष

बन्दसूचीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारलाई निवेदन दिन आयोगको आग्रह

काठमाडौं- निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारले आफ्नो नाम फिर्ता

एल क्लासिको : बार्सिलोना र रियल मड्रिड भिड्दै

काठमाडौं – विश्व फुटबलकै सबैभन्दा चर्चित प्रतिस्पर्धा एल क्लासिको अन्तर्गत

सबैलाई शुभकामना, हामी आउँदैछौँ : बालेन

काठमाडौँ – काठमाडौँ महागनरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले आफूहरू आउँदै

कांग्रेस विशेष महाधिवेशनमा तन्नेरी आवाज : पार्टीमा अब नयाँ नेतृत्व

काठमाडौं- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पहिलो दिन भृकुटीमण्डपमा देशधरबाट