रविलाई संसद्‍मा घेरेका गगन र शेखर थप रणनीति बनाउँदै « Khabarhub

रविलाई संसद्‍मा घेरेका गगन र शेखर थप रणनीति बनाउँदै


३० बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


426
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई संसद्‍मा घेराबन्दी गरेका नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा थप रणनीति बनाउन जुटेका छन् ।

पोखरा र बुटवलका सहकारीको बचत हिनामिना प्रकरणमा मुछिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेबारे संसदीय छानबिन समिति बन्नै पर्ने अडानमा रहेका थापाले कांग्रेसका शीर्ष नेताहरूसँग संवाद बढाएका हुन् ।

थापाले रवि मुछिएको सहकारी ठगी प्रकरणबारे थप रणनीति निर्माणका लागि आइतबार कांग्रेसको संस्थापन इतर समूहका नेता डा. शेखर कोइरालासँग संवाद गरेका छन् ।

दुई नेताबीच आइतबार बिहान विशालनगरस्थित कोइरालाको ​सम्पर्क कार्यालयमा कुराकानी भएको हो ।

यसलाई दुई नेताले नियमित भेटघाट भनेका छन् । नेता कोइराला र महामन्त्री थापाबीचको भेटलाई नियमित भनिए पनि उनीहरू संसद्‍मा प्रस्तुत हुने थप रणनीति तय गर्ने जुटेका हुन् ।

भेटघाटमा कोइराला र थापाबीच राष्ट्रिय राजनीति, संसद्‍मा कांग्रेसले जारी राखेको अवरोध र पार्टीको आन्तरिक गतिविधिबारे कुराकानी भएको छ ।

भेटमा महामन्त्री थापाले शनिबार राष्ट्रपति रामचन्द्र पौडेल र आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भएको भेटबारे कोइरालालाई जानकारीसमेत गराएका थिए ।

कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले दुई नेताबीच भएको भेटको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् । कोइरालाको सचिवालयले राष्ट्रिय र पार्टीको आन्तरिक राजनीतिबारे गम्भीर छलफल भएको जनाएको छ ।

महामन्त्री थापाले कुनै बेला आपसी सहकार्यमा रहेका मन्त्री लामिछानेविरुद्ध संसद्‍मा आफूलाई कडा रुपमा प्रस्तुत गरिरहेका छन् ।

यसलाई कतिपयले रविलाई घेरेर कांग्रेसले अहिलेको सरकार ढाल्न खोजेको रुपमा पनि बुझेका छन् । एमालेका प्रमुख सचेतक महेश बर्तौलाले शुक्रबार संसद् भवन परिसरमै रविलाई हाने जस्तो गरेर कांग्रेस अहिले वर्तमान गठबन्धन सरकार ढाल्ने प्रयासमा रहेको दाबी गरेका थिए ।

गगनले संसद्‍मा रविविरुद्ध मोर्चा कस्दा उनकै समूहका नेता डा. कोइरालाले भने अब कांग्रेस र एमालेबीच सत्ता सहकार्य हुनुपर्ने वकालत गर्दै आएका छन् ।

उनले देश गहिरो राजनीतिक संकटतिर गइसकेको बताउँदै यसबाट पार लगाउन कांग्रेस र एमाले मिल्नुको विकल्प नरहेको तर्क यसबीचमा पटक पटक गरिसकेका छन् ।

एकातिर संसदीय मोर्चामा गगनले रवि गलाउने अभियान चलाइरहँदा अर्कातिर शेखरले एमालेसँग मिल्नुपर्ने भनेर गरेको वकालतलाई अर्थपूर्ण रुपमा हेरिएको छ । यसअघि एमालेकै जोडबलमा कोशी प्रदेशमा कोइरालानिकट केदार कार्की मुख्यमन्त्री भइसकेका छन् ।

केन्द्रमा पनि कोशीको जस्तै एमाले र कांग्रेस मिल्नुपर्ने पक्षमा कोइराला देखिएका हुन् । कांग्रेसमा संसदीय दलको नेता फेरेर भए पनि एमालेसँगको सहकार्य सुनिश्चित गरिनुपर्ने वकालत इतर समूहले गर्न थालेको छ । तर संसदीय दलको नेताबाट पार्टी सभापतिसमेत रहेका शेरबहादुर देउवालाई हटाउन सजिलो छैन । पार्टीदेखि संसदीय मोर्चामासमेत उनकै बहमुत छ ।

पछिल्लो सयम शेखर र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच निकट सम्बन्ध छ । उनीहरूबीच विभिन्न राजनीतिक एजेन्डामा पटक पटक संवाद पनि चलिरहेको छ ।

प्रकाशित मिति : ३० बैशाख २०८१, आइतबार  १ : १३ बजे

दक्षिण अफ्रिकाको बारमा गोलीकाण्ड : ९ जनाको मृत्यु, १० घाइते

जोहान्सबर्ग– दक्षिण अफ्रिकाको जोहान्सबर्ग नजिकैको बेक्कर्सडालमा शनिबार बिहान अज्ञात हथियारधारीहरूले

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिने बढी

चितवन– नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या यहाँ

पनौतीमा ‘भृकुटी’को जन्मघर तथा उद्यान निर्माण गरिने

काभ्रे– काभ्रेको पनौतीमा राष्ट्रिय विभूति भृकुटीको जन्मघर र उद्यान निर्माण

नोरा फतेही मुम्बई दुर्घटनापछि पनि स्टेजमा चम्किइन्

काठमाडौं– बलिउड अभिनेत्री नोरा फतेही शनिबार मुम्बईमा सानो कार दुर्घटनामा

ओडारमा रात कटाउनुपर्ने अवस्थाको अन्त्य

म्याग्दी– रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा अवस्थित पर्यटकीयस्थल सोवाङ धुरीमा आश्रयस्थल निर्माण भएपछि