शवदाह मेशिनमा भ्रष्टाचार आरोप लागेपछि सुदनले मागे छानबिन समिति « Khabarhub

शवदाह मेशिनमा भ्रष्टाचार आरोप लागेपछि सुदनले मागे छानबिन समिति


३० बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-पशुपति क्षेत्र परिसरमा नि:शुल्क शव दहनका लागि किनिएका मेशिनमा भ्रष्टाचार आरोप लागेपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले छानबिन समिति माग गरेका छन्।

आइबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितमान तामाङलाई एउटा लिखित पत्र बुझाउँदै उनले यस प्रकरणमा छानबिनका लागि तत्काल समिति गठन गर्न माग गरेका हुन् ।

केही दिनयता विद्युती शवदाह गृहमा राखिएका मेशिनमा करोडौँ भ्रष्टाचार भएको समाचार आइरहेपछि किरातीले त्यसको खण्डन गर्दै आफ्नो बचाउ गरेका थिए ।

प्रतिनिधि सभाका सदस्यसमेत रहेका किरातीले हिन्दुहरूको आस्थाको केन्द्र पशुपतिनाथ परिसरमा पुण्यको काम गर्ने उद्देश्यले विद्युतीय उपकरणद्वारा निःशुल्क शव दहन गर्ने कार्यक्रम आफ्नो कार्यकालमा अघि बढाइएको पनि बताएका छन् ।

त्यही कार्यक्रममा करोडौँ भ्रष्टाचार भएको विवरणसहितको समाचार केही दिनयता आइरहेका छन् । उनले हुँदै नभएको भ्रष्टाचारमा आफूलाई मुछेर भ्रम छरिएको जिकिर पनि गरेका छन् ।

‘सञ्चारमाध्यमले उठाएका विषयको छानबिन गर्न तत्काल छानबिन समिति गठन गरी दूधको दूध पानीको पानी गरि घटनाको सत्यतथ्य सार्वजनिक गरिदिनु हुन माग गर्दछु’, उनले भनेका छन् ।

प्रकाशित मिति : ३० बैशाख २०८१, आइतबार  १ : २३ बजे

चिनाखेतवासीलाई पहिरोले दिएको पीडा-थातथलो छाड्नुपर्ने बाध्यता

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीस्थित चिनाखेतकी दिलमती छन्त्यालका लागि यस

चार हजार ९९९ मै टेलिकमको फाइबर इन्टरनेट

काठमाडौँ- सरकारी स्वामित्वको नेपाल टेलिकमले आजदेखि वार्षिक चार हजार ९९९

रूपन्देहीमा एक वर्षमा ७७७ उद्योग तथा व्यावसायिक फर्म बन्द

रूपन्देही- रूपन्देहीमा साना तथा घरेलु उद्योग र व्यावसायिक फर्म बन्द हुने

बाढीमा बेपत्ता काभ्रेका ३७ जनालाई मृत घोषणा गर्ने प्रक्रिया अघि बढ्यो

काभ्रेपलाञ्चोक- रसुवाको भोटेकोशीमा गत भदौ १० गते आएको बाढीपछि बेपत्ता भएका

दक्षिणकाली मन्दिरमा भक्तजन (तस्बिरहरू) 

काठमाडौँ- काठमाडौँको दक्षिणकाली नगरपालिका–६ मा अवस्थित प्रसिद्ध दक्षिणकाली मन्दिरमा शुक्रबार