एमाले नेता ढकालको आरोप : शिक्षामन्त्रीले शिक्षकहरूलाई आतंकित बनाइन् « Khabarhub

एमाले नेता ढकालको आरोप : शिक्षामन्त्रीले शिक्षकहरूलाई आतंकित बनाइन्


३० बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका स्थायी कमिटी सदस्य भानुभक्त ढकालले शिक्षा मन्त्री सुमन श्रेष्ठले शिक्षकहरूलाई आतंकित बनाएको आरोप लगाएका छन् ।

शनिबार काठमाडौंमा आयोजित नेपाल बुद्धिजीवी परिषद्को राष्ट्रिय परिषद् भेलालाई सम्बोधनका क्रममा एमाले जनसंगठन समन्वय संयन्त्र प्रमुख ढकालले यस्तो आरोप लगाएका हुन् ।

राजनीतिमा लागे शिक्षकलाई जागिबाट निकालिदिने पत्र पठाएर शिक्षामन्त्रीले आतंकित बनाएको भन्दै ढकालले त्यस कुराको विरोध गरे।

‘सरकारी मान्छे देख्दा पनि शिक्षक र अरू कर्मचारीहरू आतंकित हुने स्थिति छ’, ढकालले भने ।

यस्ता समस्याको समाधान सही बाटोबाट खोज्नु पर्नेमा उनले जोड दिए । नेपाल बुद्धिजीवी परिषद्ले यो काम गरे देशले सम्झिने ढकालले स्पष्ट पारे । हिजो विरोधको राजनीतिको नेतृत्व गर्दा हुनेमा अहिले निर्माणको राजनीतिमा लाग्नु पर्नेमा उनले जोड दिए ।

ढकालले बेथितिको कुरा आउँदा त्यसलाई चिरेर अघि बढ्नु पर्ने बताए । अहिले एमाले सरकारमा गए पनि चाहेको सबै कुरा पूरा नहुने उनले बताए ।

एमालेको एकल बहुमतको सरकार नबन्दासम्म सरकारले सोचेजस्तो प्रगतिशील काम गर्न नसक्ने ढकालले स्पष्ट पारे ।

ढकालले एमालेभित्र अझै केही विकृति बाँकी नै रहेको बताए । एमालेलाई सिद्ध्याउन एमाले नै लाग्ने उनले स्पष्ट पारे ।

चुनावमा मान्छे लगाएर चुनाव हराउने र अघिपछि पोल लगाएर दुःख दिने कुराले पार्टीलाई अघि नबढाउने उनले बताए ।

प्रकाशित मिति : ३० बैशाख २०८१, आइतबार  १ : ४७ बजे

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौं – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको

झापामा हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु

झापा – जंगली हात्तीको आक्रमणबाट आज एउटै गाउँका दुई व्यक्तिको