चैत मसान्तसम्ममा ९ अर्ब ८० करोडको आइपीओ जारी, अन्य के–के भए ?  « Khabarhub

चैत मसान्तसम्ममा ९ अर्ब ८० करोडको आइपीओ जारी, अन्य के–के भए ? 


३० बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–चालु आर्थिक वर्षको चैत मासान्तसम्म ९ अर्ब ८० करोड रुपैयाँ बराबरको साधारण शेयर (आइपीओ) जारी भएको छ । नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिले ९ अर्बको आइपीओ जारी भएको छ ।

त्यस्तै ६ अर्ब २ करोड रुपैयाँ बराबरको डिबेन्चर, ५ अर्ब ४६ करोड रुपैयाँ बराबरको हकप्रद शेयर र ३ अर्ब ५० करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड जारी भएको छ । आइपीओ, डिबेन्चर, हकप्रद र म्युचुअल फण्ड गरेर जम्मा २४ अर्ब ७८ करोड रुपैयाँ बराबरको धितो पत्र सार्वजनिक निष्कासनका लागि अनुमति दिएको राष्ट्र बैंकले जनाएको छ ।

२०८० चैत्र मसान्तमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २७२ पुगेको छ । सूचीकृत कम्पनीहरूमध्ये १३४ बैंक तथा वित्तीय संस्था र बीमा, ९१ जलविद्युत्, २२ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ७ अन्य समूहका रहेको राष्ट्र बैंकले जनाएको छ । २०७९ चैत्रमा सूचीकृत कम्पनीहरूको संख्या २४८ मात्र रहेको बैंकले जनाएको छ ।

सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितो पत्र बजार पुँंजीकरणको हिस्सा ५७.१ प्रतिशत रहेको छ । त्यसैगरी, जलविद्युत् कम्पनीको हिस्सा १४.९ प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.३ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ७.१ प्रतिशत, होटेलको हिस्सा २.९ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.५ प्रतिशत तथा अन्य समूहका कम्पनीहरूको हिस्सा १०.२ प्रतिशत रहेको छ ।
नेप्सेमा २०८० चैत्र मसान्तमा सूचीकृत ८ अर्ब २७ करोड रुपैयाँ शेयरको चुक्ता मूल्य ८१९ अर्ब ५४ करोड रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : ३० बैशाख २०८१, आइतबार  २ : ०७ बजे

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष

बन्दसूचीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारलाई निवेदन दिन आयोगको आग्रह

काठमाडौं- निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारले आफ्नो नाम फिर्ता

एल क्लासिको : बार्सिलोना र रियल मड्रिड भिड्दै

काठमाडौं – विश्व फुटबलकै सबैभन्दा चर्चित प्रतिस्पर्धा एल क्लासिको अन्तर्गत

सबैलाई शुभकामना, हामी आउँदैछौँ : बालेन

काठमाडौँ – काठमाडौँ महागनरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले आफूहरू आउँदै

कांग्रेस विशेष महाधिवेशनमा तन्नेरी आवाज : पार्टीमा अब नयाँ नेतृत्व

काठमाडौं- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पहिलो दिन भृकुटीमण्डपमा देशधरबाट