कांग्रेसको संसदीय दलको बैठक सोमबार बस्दै « Khabarhub

कांग्रेसको संसदीय दलको बैठक सोमबार बस्दै


३० बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको संसदीय कार्यसमिति र संसदीय दलको बैठक सोमबार बस्ने भएको छ ।

कांग्रेसले संसदीय कार्यसमितिको बैठक अपराह्न १ बजे संसदीय दलको बैठक अपराह्न २ बजे बस्ने जानकारी दिइएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बस्ने भएको छ ।

बैठकबाट कांग्रेसले मंगलबार संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले पेश गर्ने सरकारको नीति तथा कार्यक्रम अवरोध गर्ने या नगर्ने भन्ने विषयमा निर्णय गर्ने बताइएको छ ।

कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी प्रकरणमा मुछिएको आरोप लगाउँदै संसदीय छानबिन समितिको माग गरेर संसद् अवरुद्ध गरिरहेको छ ।

कांग्रेसले आइतबार बिहान प्रधानमन्त्रीसँग छलफल गरेको र छलफल सकारात्मक भएको बताएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०८१, आइतबार  २ : ५० बजे

सोलुखुम्बुमा कांग्रेस उम्मेदवार निर्वाचित

सोलुखुम्बु– प्रतिनिधिसभा सदस्य निर्वाचनमा सोलुखुम्बुबाट नेपाली कांग्रेसका प्रकाशसिंह कार्की निर्वाचित

रौतहट–२ बाट कांग्रेस उम्मेदवार आलम निर्वाचित

रौतहट– रौतहट क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार डा.

जताततै घण्टी बज्दा ठुला दलमा ‘हाइभोल्टेज’को झड्का : प्रचण्डबाहेक सबै नेता पराजित

काठमाडौँ – जेनजी आन्दोलनपछि तोकिएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा देशभर

भोजपुरमा माटो चिह्नका उम्मेदवार अगाडि

भोजपुर– गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मत परिणाम आउने

समानुपातिकमा पनि रास्वपा ठूलो अन्तरले अगाडि, कुन दलको मत कति ?

काठमाडौँ– प्रतिनिधिसभा सदस्य अन्तर्गत समानुपातिकतर्फको मतगणना पनि जारी रहेको छ