सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक पौडेलसहित ६ जनाविरुद्ध मुद्दा दायर « Khabarhub

सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक पौडेलसहित ६ जनाविरुद्ध मुद्दा दायर


३० बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


837
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठसहित ६ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

अख्तियारले सुरक्षण प्रेसको सफ्टवेयर तथा अन्य उपकरण खरिदको क्रममा ४० करोड ७५ लाख ५७ हजार ७४० रुपैयाँ नोक्सानी पुर्‍याएको आरोप लगाउँदै विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो ।

अख्तियारले केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठ, वन मन्त्रालयका तत्कालीन सिडीइ नविन कुमार पोख्रेल, केन्द्रका तत्कालीन लेखा अधिकृत खड्क बहादुर थापा, शाखा अधिकृत हरि वल्लभ घिमिरे र म्याक्स इन्टरनेसनलका सीइओ अकबर हुसेनविरुद्ध मुद्दा दायर गरेको जनाएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०८१, आइतबार  ४ : १३ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको