मधेस सरकारबाट माओवादी बाहिरियो, दुई मन्त्रीले बुझाए राजीनामा « Khabarhub

मधेस सरकारबाट माओवादी बाहिरियो, दुई मन्त्रीले बुझाए राजीनामा


३० बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेकपा माओवादी केन्द्र मधेस सरकारबाट बाहिरिएको छ ।

मधेस सरकारमा रहेका माओवादी नेताहरूले आइतबार मुख्यमन्त्री सरोजकुमार यादवलाई भेटेर राजीनामा बुझाएका हुन् ।

मन्त्रीहरू भरतकुमार साह र युवराज भट्टराईले मुख्यमन्त्री यादवलाई भेटेर राजीनामा दिएको माओवादी मधेस संसदीय दलको भनाइ छ ।

साहलाई वन तथा वातावरण मन्त्री थिए भने भट्टराई उद्योग तथा पर्यटन मन्त्री थिए । तर साहले मन्त्रालयमा चित्त बुझाएका थिएनन् । उनले आफूलाई न्याय नगरेको बताइरहेका थिए ।

मधेसबाट माओवादी बाहिरिएपछि केन्द्र गठबन्धनमा पनि तहमाथि हुने अवस्था छ ।नेकपा माओवादी केन्द्रले मधेश सरकारलाई दिएको समर्थन समेत फिर्ता लिएको छ ।

माओवादी केन्द्रबाट मन्त्री बनेका दुई मन्त्रीले राजीनामा दिए लगत्तै माओवादीले सरकाबाट समर्थन फिर्ता लिएको हो । माओवादी संसदीय दलका नेता भरत प्रसाद साहले माओवादी केन्द्रले मधेश सरकारलाई दिएको समर्थन फिर्तालिएकाे पत्र प्रदेश प्रमुख कार्यालयका सचिवलाई बुझाएका छन् ।

प्रकाशित मिति : ३० बैशाख २०८१, आइतबार  ४ : ३२ बजे

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो