मधेस सरकारबाट माओवादी बाहिरियो, दुई मन्त्रीले बुझाए राजीनामा « Khabarhub

मधेस सरकारबाट माओवादी बाहिरियो, दुई मन्त्रीले बुझाए राजीनामा


३० बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेकपा माओवादी केन्द्र मधेस सरकारबाट बाहिरिएको छ ।

मधेस सरकारमा रहेका माओवादी नेताहरूले आइतबार मुख्यमन्त्री सरोजकुमार यादवलाई भेटेर राजीनामा बुझाएका हुन् ।

मन्त्रीहरू भरतकुमार साह र युवराज भट्टराईले मुख्यमन्त्री यादवलाई भेटेर राजीनामा दिएको माओवादी मधेस संसदीय दलको भनाइ छ ।

साहलाई वन तथा वातावरण मन्त्री थिए भने भट्टराई उद्योग तथा पर्यटन मन्त्री थिए । तर साहले मन्त्रालयमा चित्त बुझाएका थिएनन् । उनले आफूलाई न्याय नगरेको बताइरहेका थिए ।

मधेसबाट माओवादी बाहिरिएपछि केन्द्र गठबन्धनमा पनि तहमाथि हुने अवस्था छ ।नेकपा माओवादी केन्द्रले मधेश सरकारलाई दिएको समर्थन समेत फिर्ता लिएको छ ।

माओवादी केन्द्रबाट मन्त्री बनेका दुई मन्त्रीले राजीनामा दिए लगत्तै माओवादीले सरकाबाट समर्थन फिर्ता लिएको हो । माओवादी संसदीय दलका नेता भरत प्रसाद साहले माओवादी केन्द्रले मधेश सरकारलाई दिएको समर्थन फिर्तालिएकाे पत्र प्रदेश प्रमुख कार्यालयका सचिवलाई बुझाएका छन् ।

प्रकाशित मिति : ३० बैशाख २०८१, आइतबार  ४ : ३२ बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर