खेत जोत्दै गर्दा करेन्ट लागेर किसानको मृत्यु « Khabarhub

खेत जोत्दै गर्दा करेन्ट लागेर किसानको मृत्यु


३० बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9.3k
Shares
  • change font
  • change font
  • change font

बुटवल– खेत जोत्ने क्रममा बिजुली अडाएको तारबाट करेन्ट लागेर आज एक किसानको ज्यान गएको छ । नौवहिनी गाउँपालिका–६ छम प्यूठानका २८ वर्षीय सन्तोष परियारको करेन्ट लागेर ज्यान गएको हो।

करेन्ट लागेर घाइते भएका उनको उपचारका लागि जिल्ला अस्पताल विजुवार लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी एवं प्रहरी निरीक्षक हुमानन्द खनालले बताए।

मृतक परियार केही समयअघि वैदेशिक रोजगारीबाट फर्किएका थिए । उनी फोप्लीको लुप्लुङबाट बसाइँसरेर नौबहिनी–६ स्थित छममा गएका हुन् ।

प्रकाशित मिति : ३० बैशाख २०८१, आइतबार  ५ : ४१ बजे

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४