नागरिकलाई केन्द्रबिन्दुमा राखेर कार्यसम्पादन गरौँ : महानिरीक्षक कुँवर « Khabarhub

नागरिकलाई केन्द्रबिन्दुमा राखेर कार्यसम्पादन गरौँ : महानिरीक्षक कुँवर


३० बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरले नागरिकलाई केन्द्रबिन्दुमा राखेर सकारात्मक, निस्वार्थ र पूर्ण निष्ठाका साथ आफ्नो ज्ञान र कौशल प्रयोग गरी उत्कृष्ट कार्यसम्पादन गर्न प्रहरी अधिकृतहरू थप सक्रिय हुनुपर्ने बताएका छन् ।

हालै सरुवा तथा काज भई आफ्नो कार्यक्षेत्रमा खटी जान लागेका प्रहरी निरीक्षकहरूलाई आइतबार नेपाल प्रहरी प्रधान कार्यालयमा निर्देशन सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले उक्त कुरा बताएका हुन् ।

प्रहरी महानिरीक्षक कुँवरले विभागीय रूपमा पाएको नीति निर्देशन तथा नेपाल प्रहरी कार्य योजना २०८० अनुसार साङ्गठनिक उद्देश्य एवम् लक्ष्य प्राप्त गर्नका लागि परिणाममुखी समन्वयका साथ सामूहिक प्रयास सहित इमानदार, ऊर्जाशील एवम् सृजनशील भई कार्यसम्पादनको गुणस्तर राम्रो बनाउन आफैलाई उत्प्रेरित गर्दै काम गर्न निर्देशन दिए । विभिन्न किसिमका गतिविधिलाई ध्यानमा राखी साङ्गठनिक सुद्धिकरण र सुदृढिकरणलाई केन्द्रबिन्दुमा राखेर प्रहरीको व्यावसायिकता झल्काउने र आफ्नो पहिचान राम्रो राख्ने गरी सकारात्मक सोचका साथ कार्यसम्पादन गर्नुपर्नेमा उनले जोड दिए ।

प्रहरी महानिरीक्षक कुँवरले प्रहरी संगठनको विधि र मापदण्डलाई कार्यान्वयन गर्ने, सोही अनुसार कार्यसम्पादन गर्ने र सीमान्तकृत एवम् पीडित वर्गहरूको सारथि भई उनीहरूको समस्या एवम् गुनासोलाई सम्बोधन गरी न्याय दिलाउन ध्यान दिनुपर्ने बताए । संगठनलाई आँच आउने, विधि उल्लघंन गर्ने र संगठनको नीति विपरीत काम गर्ने जो कोही प्रहरी कर्मचारीलाई कारबाहीको दायरामा ल्याइने उनले बताए ।

यसअघि नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राई, अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ, कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्य, प्रशासन विभागका प्रहरी नायव महानिरीक्षक केदार ढकालले समेत सरुवा भई जान लागेका प्रहरी अधिकृतहरूलाई समसामयिक विषयमा निर्देशन दिएका थिए ।

प्रकाशित मिति : ३० बैशाख २०८१, आइतबार  ६ : १० बजे

सम्झौता हस्ताक्षरका लागि सिंहदरबार पुगे जेन-जी घाइते (तस्बिरहरू) 

काठमाडौं -जेन-जीको नेतृत्वमा भएको जनआन्दोलन सम्बन्धी मुद्दाहरू समाधान गर्ने उद्देश्यले

शंकर पोखरेल : जबजका व्याख्याता, एमालेभित्रका समन्वयकारी नेता

नेपालको वामपन्थी आन्दोलनमा स्थापित नाम हो–शङ्कर पोखरेल । विद्यार्थी कालदेखिकै

खैरो हिरोइनसहित आठ जना पक्राउ

चितवन– लागूऔषध खैरो हिरोइनसहित आठ जनालाई प्रहरीले पक्राउ गरेको छ

जेन-जीसँग सरकारको सम्झौता : भ्रष्टाचारको छानबिन गर्न उच्चस्तरीय आयोग बनाइने

काठमाडौं- जेन-जी जनआन्दोलनकारी र अन्तरिम सरकारबीच बुधबार १० बुँदे सम्झौतामा

काठमाडौं चौथोमै सीमित, लुम्बिनीले फाइनल खेल्न विराटनगरलाई हराउनुपर्ने

काठमाडौं – नेपाल प्रिमिर लिग (एनपीएल) सिजन २ अन्तर्गत बुधबार