मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु « Khabarhub

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु


३० बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


582
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको बनदेउ चौतारा सडकको जल्केनीमा मोटसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ।

विपरीत दिशाबाट आइरहेको मोटरसाइकल र टिपर एकआपसमा अनियन्त्रित भई मोटरसाइकल पल्टिँदा एक जनाको मृत्यु भएको हो।

बनदेउबाट चौतारातर्फ जाँदै गरेको प्रदेश ३–०२–००६ प ९५३ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बाप्र ०१–००६ ख २७१६ नम्बरको टिपर जल्केनी मोडमा भेट हुँदा मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा चौतारा साँगाचोकगढी नगरपालिका(७ की इन्दिरा अधिकारी रहेकी छन्। उनी श्रीमान् सन्तोष दुलालले चलाएको मोटरसाइकलको पछाडि सवार थिइन्।

अधिकारीलाई उपचारका लागि चौतारा अस्पताल लगिएको र अस्पतालले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ। मोटरसाइकल चालक सन्तोष घाइते छन्।

टिपर चालक चौतारा साँगाचोकगढी नगरपालिका(११ का मनोहरी गिरीलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ३० बैशाख २०८१, आइतबार  ८ : ३० बजे

कात्तिक १५ गतेपछि मात्र धान काट्न कृषि विकास कार्यालयको आग्रह

धादिङ– कृषि विकास कार्यालय धादिङले सम्भावित मौसमको अवस्थाको जानकारी लिएर

दरौँदीका किसानलाई धान भित्र्याउने चटारो (तस्बिरहरू)

गोरखा– वडा दसैँ सकिएसँगै गोरखाको दरौँदी नदी किनारका फाँटमा किसानलाई

इजरायलमा आज आमनिर्वाचन, नेतान्याहुलाई आइजेनकोटको चुनौती

काठमाडौँ– इजरायलमा आज नयाँ संसदका लागि आम निर्वाचन भइरहेको छ

पर्यटकको पर्खाइमा रमणीय कोटथुम्का

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० स्थित कोटथुम्का अर्थात् चण्डेनी–मण्डनको रमणीय क्षेत्र

धान फल्ने खेलतमा कागतीखेती

म्याग्दी– कर्मले नै परिचय दिन्छ । सत्कर्म गर्दै जाँदा त्यसबाट