मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु « Khabarhub

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु


३० बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


582
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको बनदेउ चौतारा सडकको जल्केनीमा मोटसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ।

विपरीत दिशाबाट आइरहेको मोटरसाइकल र टिपर एकआपसमा अनियन्त्रित भई मोटरसाइकल पल्टिँदा एक जनाको मृत्यु भएको हो।

बनदेउबाट चौतारातर्फ जाँदै गरेको प्रदेश ३–०२–००६ प ९५३ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बाप्र ०१–००६ ख २७१६ नम्बरको टिपर जल्केनी मोडमा भेट हुँदा मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा चौतारा साँगाचोकगढी नगरपालिका(७ की इन्दिरा अधिकारी रहेकी छन्। उनी श्रीमान् सन्तोष दुलालले चलाएको मोटरसाइकलको पछाडि सवार थिइन्।

अधिकारीलाई उपचारका लागि चौतारा अस्पताल लगिएको र अस्पतालले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ। मोटरसाइकल चालक सन्तोष घाइते छन्।

टिपर चालक चौतारा साँगाचोकगढी नगरपालिका(११ का मनोहरी गिरीलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ३० बैशाख २०८१, आइतबार  ८ : ३० बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया