धुलिखेल र जापानको सरोमा नगरबीच सीप–प्रविधि आदानप्रदान सम्झौता | Khabarhub Khabarhub

धुलिखेल र जापानको सरोमा नगरबीच सीप–प्रविधि आदानप्रदान सम्झौता


३० बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका र जापानस्थित सरोमा सिटी (नगर), होक्काइडोकाबीच दुई नगरको विभिन्न कार्यमा सीप र प्रविधि आदानप्रदानसम्बन्धी सम्झौता भएको छ ।

आज धुलिखेलमा भएको सम्झौतापत्रमा धुलिखेल नगरप्रमुख अशोक ब्याञ्जू र सरोमा नगरप्रमुख हारुटोमो टोकेडाले हस्ताक्षर गरेका छन् । सरोमा सिटी प्रमुख टोकेडाको टोली आजै धुलिखेल नगर आइपुगेको थियो ।

सम्झौता कार्यक्रममा सङ्क्षिप्त विचार राख्दै टोकेडाले जापानमा १५ वर्षभन्दा कम उमेर समूहका १० प्रतिशत र ६५ वर्षमाथि उमेर समूहका नागरिकको सङ्ख्या ४० प्रतिशत रहेकाले मुलुकका लागि आवश्यक पर्ने युवा जनशक्ति कम हुँदै गएको बताए ।

“तर नेपालमा युवा धेरै–रोजगार क्षेत्र थोरै भएकाले दुई देशका दुई नगरको उल्टो तथ्याङ्कलाई सही रुपमा उपयोग गर्नेगरी आवश्यक युवा जनशक्तिलाई रोजगारका क्षेत्रमा कार्य गर्न सरोमा सिटी तयार छ”, उनले भने । उनले दुई देशका दुई नगर एकआपसमा मिलेर कार्य गर्न तयार रहेको बताएका छन् ।

सो अवसरमा धुलिखेल नगरप्रमुख ब्याञ्जूले जापानको प्रविधि र सीपलाई धुलिखेलमा प्रयोग गर्ने गरी भएको सम्झौताले दुवै नगरका नागरिकलाई फाइदा पुग्ने विश्वास व्यक्त गरे । उनले धुलिखेलबाट हाल केही युवालाई कृषि क्षेत्रमा रोजगार एवं ज्ञान आदानप्रदान गर्न जापानस्थित राइनोकिनो कम्पनीमा पठाइएको बताए ।

“उहाँहरुले जापानमा रहँदा उनीहरुले सिक्ने सीप र प्रविधि धुलिखेल आएर व्यवहारत लागू गर्दै अन्य नागरिकलाई पनि आर्थिक रुपले सम्पन्न बनाउने अभियानमा योगदान पु¥याउनुहुनेछ”, उनले भने ।

टोकेडाको टोलीमा नगरका कृषि तथा सहकारी विभागीय प्रमुख कुसिवे फुमिहारु, टप फार्मका अध्यक्ष इनोई नोबोरु त्था उपाध्यक्ष इनोई काजुकी, राइनोकिनो कम्पनी जापानका अध्यक्ष आकानुमा मसाकोलगायतको सहभागिता रहेको थियो ।

टोलीले धुलिखेल नगरमा सञ्चालित सीपमूलक जापानिज भाषाको कक्षा अवलोकन गरेको थियो । यस्तै, धुलिखेल अवलोकन भ्रमणका क्रममा दुई नगरका प्रमुखद्वारा संयुक्त रुपमा वृक्षरोपण गरिएको छ ।
(((

प्रकाशित मिति : ३० बैशाख २०८१, आइतबार  ८ : ४९ बजे

‘माओवादीसँग चुनावी गठबन्धन र एमालेसँग सत्ता सहकार्य गर्नु कांग्रेसको गल्ती थियो’

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रश्न उठाइसकेपछि निर्णायक हस्तक्षेप

राष्ट्रपतिसमक्ष चार राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष चार देशका नवनियुक्त राजदूतले आ–आफ्नो ओहोदाको

रवि र छविको मुद्दामा आएन आदेश, मिसिल झिकाउने इजलासको निर्णय

काठमाडौं- उच्च अदालत तुलसीपुर बुटवल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

इजरायलद्वारा वेस्ट ब्यांकबाट २५ जना प्यालेस्टिनी पक्राउ

एजेन्सी– इजरायली कब्जा बल (आइओएफ) ले बिहीबार वेस्ट ब्यांकबाट २५

एमालेसँग मिलेपछि गगनले सभापति देउवालाई भनेका थिए : कांग्रेस तपाईंको प्राइभेट कम्पनी हो ?

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा एमालेसँग सत्ता सहकार्य