आज २०८१ साल जेठ ३० गते बुधबारको राशिफल « Khabarhub

आज २०८१ साल जेठ ३० गते बुधबारको राशिफल


३० जेष्ठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


4.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल जेठ ३० गते बुधबार तदनुसार सन् २०२४ जुन १२ तारिख। जेठ शुक्ल पक्षको षष्ठी तिथि। कुमार षष्ठी व्रत। विश्व बालश्रमविरुद्धको दिवस। चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प.सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : मनोरञ्जनपूर्ण समय छ। तपाईंको लगानी भए शेयरमा फाइदा हुनेछ। सामाजिक क्षेत्रमा परोपकारको अवसर मिल्नेछ। आफू अनुकुल साथी हुँदा दिन रमाइलो ढंगले बित्ने योग छ।

वृष : नयाँ यात्रा गर्ने योग छ। नयाँ लुगा लगाउने अवसर मिल्नेछ। स्वास्थ्य क्षेत्रमा सुधार हुने देखिन्छ। शिक्षामा सफलता मिल्नेछ। धेरै समय अरुलाई दिँदा घरमा विवाद हुने जोखिम देखिन्छ। अप्रिय खबर सुन्नुपर्ने बाध्यतासमेत बन्नेछ।

मिथुन : समय रमाइलो छ। प्राविधिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। बलले भन्दा बुद्धिले काम गर्नु राम्रो हुनेछ। स्वदेशमा अवसर प्राप्त हुनेछ। तपाईंको कामले धेरै मानिस प्रभावित हुनेछन्।

कर्कट : धन कमाउने योग छ। व्यापारमा लगानी गरेको भए राम्रो उन्नति हुनेछ। आफन्तको माया प्राप्त हुनेछ। विदेशमा गरेको लगानीले विवाद हुनेछ। मनमा उब्लिने शंका र उपशंकाले निर्णय क्षमता कमजोर बन्नेछ।

सिंह : परिवारले शंका गर्ने समय छ। शिक्षामा गरेको लगानीबाट सफलता मिल्नेछ। स्वदेशमा भन्दा विदेशमा गरेको लगानीबाट उत्साह बढ्नेछ। बाहिर तपाईंको प्रभाव राम्रो भए पनि घरभित्र विवाद बढ्ने देखिन्छ।

कन्या : सम्मान प्राप्त हुनेछ। अतिथिको रुपमा तपाईंले अवसर प्राप्त गर्नुहुनेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ। राजनीतिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ।
परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

तुला : दिन राम्रो छ। साथीको कुरा सुन्नु राम्रो हुन्छ। ठुलो वा विज्ञसँग सल्लाह लिएर काम गर्नु राम्रो हुनेछ। मिठो खान पाइने छ। स्वास्थ्यमा ख्याल गर्नु राम्रो हुन्छ। परिवारसँगको प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिक : समय राम्रो छ। मनमा उत्साह बढ्नेछ। जिम्मेवारी नै भार हुनेछ। संघर्ष गरेर जिम्मेवारी पूरा गर्नु राम्रो हुन्छ। विज्ञसँग सल्लाह लिएर गरेको काम सफल बन्नेछ। सामाजिक सेवा गर्ने अवसर प्राप्त हुनेछ।

धनु : राम्रो सन्देश सुन्न पाइनेछ। शुभ समाचारले मन खुशी हुने दिन छ। परिवारसँगको भेट रमाइलो हुनेछ। होटल व्यवसायमा गरेको लगानीबाट राम्रो आम्दानी हुनेछ।

मकर : सञ्चित धन खर्च हुनेछ। मन अशान्त हुनेछ। आफन्तले असहयोग वा धोका दिने जोखिम देखिन्छ। तपाईंमा रहेको साढेसातीको प्रभावले जुनसुकै काम गर्दा पनि अवरोध सिर्जना गरिरहेको हुन्छ।

कुम्भ : बोल्नु अगाडि सोच्नु राम्रो हुन्छ। लगानी भए शिक्षाको माध्यमबाट सफलता प्राप्त हुनेछ। वैदेशिक लगानीबाट राम्रो आम्दानी हुनेछ। परिवारमा मेलमिलाप हुनेछ।

मीन : खानपानमा समस्या हुनेछ। मनमा तनाव भए पनि सामाजिक क्षेत्रमा राम्रो प्रभाव रहनेछ। सामाजिक र पारिवारिक क्षेत्रमा सक्रिय भएकाले खुशी मिल्नेछ। परोपकारको अवसर प्राप्त हुने भएकाले दिन रमाइलो हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

प्रकाशित मिति : ३० जेष्ठ २०८१, बुधबार  ५ : १० बजे

व्यवसायीको निधनले शोकमा वालिङ

स्याङ्जा– गुल्मीमा भएको सवारी साधन दुर्घटनाका कारण स्याङ्जाको वालिङ शोकमा

सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका चलचित्र निर्माणका लागि आवेदन दिन २१ दिनको समय

काठमाडौँ– सरकारले सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका विषयमा आधारित चलचित्र निर्माणलाई

कात्तिक १५ गतेपछि मात्र धान काट्न कृषि विकास कार्यालयको आग्रह

धादिङ– कृषि विकास कार्यालय धादिङले सम्भावित मौसमको अवस्थाको जानकारी लिएर

दरौँदीका किसानलाई धान भित्र्याउने चटारो (तस्बिरहरू)

गोरखा– वडा दसैँ सकिएसँगै गोरखाको दरौँदी नदी किनारका फाँटमा किसानलाई

इजरायलमा आज आमनिर्वाचन, नेतान्याहुलाई आइजेनकोटको चुनौती

काठमाडौँ– इजरायलमा आज नयाँ संसदका लागि आम निर्वाचन भइरहेको छ