आज २०८१ साल जेठ ३० गते बुधबारको राशिफल « Khabarhub

आज २०८१ साल जेठ ३० गते बुधबारको राशिफल


३० जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


4.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल जेठ ३० गते बुधबार तदनुसार सन् २०२४ जुन १२ तारिख। जेठ शुक्ल पक्षको षष्ठी तिथि। कुमार षष्ठी व्रत। विश्व बालश्रमविरुद्धको दिवस। चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प.सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : मनोरञ्जनपूर्ण समय छ। तपाईंको लगानी भए शेयरमा फाइदा हुनेछ। सामाजिक क्षेत्रमा परोपकारको अवसर मिल्नेछ। आफू अनुकुल साथी हुँदा दिन रमाइलो ढंगले बित्ने योग छ।

वृष : नयाँ यात्रा गर्ने योग छ। नयाँ लुगा लगाउने अवसर मिल्नेछ। स्वास्थ्य क्षेत्रमा सुधार हुने देखिन्छ। शिक्षामा सफलता मिल्नेछ। धेरै समय अरुलाई दिँदा घरमा विवाद हुने जोखिम देखिन्छ। अप्रिय खबर सुन्नुपर्ने बाध्यतासमेत बन्नेछ।

मिथुन : समय रमाइलो छ। प्राविधिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। बलले भन्दा बुद्धिले काम गर्नु राम्रो हुनेछ। स्वदेशमा अवसर प्राप्त हुनेछ। तपाईंको कामले धेरै मानिस प्रभावित हुनेछन्।

कर्कट : धन कमाउने योग छ। व्यापारमा लगानी गरेको भए राम्रो उन्नति हुनेछ। आफन्तको माया प्राप्त हुनेछ। विदेशमा गरेको लगानीले विवाद हुनेछ। मनमा उब्लिने शंका र उपशंकाले निर्णय क्षमता कमजोर बन्नेछ।

सिंह : परिवारले शंका गर्ने समय छ। शिक्षामा गरेको लगानीबाट सफलता मिल्नेछ। स्वदेशमा भन्दा विदेशमा गरेको लगानीबाट उत्साह बढ्नेछ। बाहिर तपाईंको प्रभाव राम्रो भए पनि घरभित्र विवाद बढ्ने देखिन्छ।

कन्या : सम्मान प्राप्त हुनेछ। अतिथिको रुपमा तपाईंले अवसर प्राप्त गर्नुहुनेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ। राजनीतिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ।
परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

तुला : दिन राम्रो छ। साथीको कुरा सुन्नु राम्रो हुन्छ। ठुलो वा विज्ञसँग सल्लाह लिएर काम गर्नु राम्रो हुनेछ। मिठो खान पाइने छ। स्वास्थ्यमा ख्याल गर्नु राम्रो हुन्छ। परिवारसँगको प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिक : समय राम्रो छ। मनमा उत्साह बढ्नेछ। जिम्मेवारी नै भार हुनेछ। संघर्ष गरेर जिम्मेवारी पूरा गर्नु राम्रो हुन्छ। विज्ञसँग सल्लाह लिएर गरेको काम सफल बन्नेछ। सामाजिक सेवा गर्ने अवसर प्राप्त हुनेछ।

धनु : राम्रो सन्देश सुन्न पाइनेछ। शुभ समाचारले मन खुशी हुने दिन छ। परिवारसँगको भेट रमाइलो हुनेछ। होटल व्यवसायमा गरेको लगानीबाट राम्रो आम्दानी हुनेछ।

मकर : सञ्चित धन खर्च हुनेछ। मन अशान्त हुनेछ। आफन्तले असहयोग वा धोका दिने जोखिम देखिन्छ। तपाईंमा रहेको साढेसातीको प्रभावले जुनसुकै काम गर्दा पनि अवरोध सिर्जना गरिरहेको हुन्छ।

कुम्भ : बोल्नु अगाडि सोच्नु राम्रो हुन्छ। लगानी भए शिक्षाको माध्यमबाट सफलता प्राप्त हुनेछ। वैदेशिक लगानीबाट राम्रो आम्दानी हुनेछ। परिवारमा मेलमिलाप हुनेछ।

मीन : खानपानमा समस्या हुनेछ। मनमा तनाव भए पनि सामाजिक क्षेत्रमा राम्रो प्रभाव रहनेछ। सामाजिक र पारिवारिक क्षेत्रमा सक्रिय भएकाले खुशी मिल्नेछ। परोपकारको अवसर प्राप्त हुने भएकाले दिन रमाइलो हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

प्रकाशित मिति : ३० जेठ २०८१, बुधबार  ५ : १० बजे

ललितपुर र धनकुटाबाट १९ जना जुवाडे पक्राउ

ललितपुर– ललितपुर महानगरपालिका-४ बागडोलबाट जुवातास खेलिरहेको अवस्थामा काठमाडौं महानगरपालिका-११ घर भएकी ५९

काभ्रेको प्रत्येक स्थानीय तहमा ‘पर्यटकीय हब’ बनाउने अवधारण

काभ्रेपलाञ्चोक– जिल्लालाई पर्यटकमैत्री रूपमा विकास गर्ने दीर्घकालीन अवधारणा अघि सारिएको

जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ

सुर्खेत– ४२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा लेकबेशी नगरपालिका- १० साटाखानी

बाढीले पुलमा क्षति पुगेपछि केलादीघाटमा सवारी आवागमन बन्द

वालिङ– स्याङ्जाको चापाकोट नगरपालिका ६ र पाल्पाको रामपुर नगरपालिका–३ जोड्ने

जलवायु परिवर्तन, जलवायु न्याय र घरपझोङ सम्मेलन : स्थानीय आवाजदेखि राष्ट्रिय एजेन्डासम्म

काठमाडौं– जलवायु परिवर्तन आज मानव सभ्यताले सामना गरिरहेको जटिल, बहुआयामिक