बुधबार कृष्णको पूजा गर्नुहोस् « Khabarhub

बुधबार कृष्णको पूजा गर्नुहोस्


३० जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल जेठ ३० गते बुधबार तदनुसार सन् २०२४ जुन १२ तारिख। जेठ शुक्ल पक्षको षष्ठी तिथि। कुमार षष्ठी व्रत। विश्व बालश्रमविरुद्धको दिवस।

हिन्दु धर्मशास्त्रमा हप्ताको हरेक बारलाई देवी-देवताको बार मानिने गरिन्छ। विशेष व्रत र उपवास बाहेक, अधिकांश हिन्दु धर्मावलम्बीले हप्ताको कुनै एक दिन देवताको पूजा गरी व्रत बस्ने गर्दछन्।

‘बुध’ ग्रहको लागि समर्पित बार नै बुधबार हो। यस दिन विशेष गरी विथाल देव (कृष्णको अवतार) को पूजा गरिन्छ। पूजा गर्दा तुलसीको पातले गर्नुपर्दछ। कुनै नयाँ काम थालनीको लागि बुधबार अति नै शुभ मानिन्छ।

साथै यस दिन कृष्ण भगवानको व्रत बस्नेले आफूले चाहेको फल पाउने विश्वास गरिन्छ। यस दिन गरिने केही कर्मले जिन्दगी भरी फल दिन्छ।

बुधबार के गर्दा जिन्दगी समृद्ध हुन्छ
– हिन्दु धर्ममा गाईलाई पूजनीय मानिन्छ। विशेषगरी बुधबार गाईलाई हरियो घाँस दिने व्यक्तिलाई सबै देवी-देवताको कृपा हुने गर्छ।
– बुधबार मुंगको दाल दान गर्दा कष्ट निवारण हुन्छ।
– बुधबार गणेश भगवानलाई सिन्दुर चढाउँदा मनले चिताएको पुग्ने विभिन्न धार्मिक ग्रन्थहरुमा पाइन्छ।
– जसको कुण्डलीमा बुध ग्रहको दोष छ उसले बुधबार गणेशलाई लड्डु चढाउनु फलदायी मानिन्छ।

प्रकाशित मिति : ३० जेठ २०८१, बुधबार  ५ : ५२ बजे

चिनाखेतवासीलाई पहिरोले दिएको पीडा-थातथलो छाड्नुपर्ने बाध्यता

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीस्थित चिनाखेतकी दिलमती छन्त्यालका लागि यस

चार हजार ९९९ मै टेलिकमको फाइबर इन्टरनेट

काठमाडौँ- सरकारी स्वामित्वको नेपाल टेलिकमले आजदेखि वार्षिक चार हजार ९९९

रूपन्देहीमा एक वर्षमा ७७७ उद्योग तथा व्यावसायिक फर्म बन्द

रूपन्देही- रूपन्देहीमा साना तथा घरेलु उद्योग र व्यावसायिक फर्म बन्द हुने

बाढीमा बेपत्ता काभ्रेका ३७ जनालाई मृत घोषणा गर्ने प्रक्रिया अघि बढ्यो

काभ्रेपलाञ्चोक- रसुवाको भोटेकोशीमा गत भदौ १० गते आएको बाढीपछि बेपत्ता भएका

दक्षिणकाली मन्दिरमा भक्तजन (तस्बिरहरू) 

काठमाडौँ- काठमाडौँको दक्षिणकाली नगरपालिका–६ मा अवस्थित प्रसिद्ध दक्षिणकाली मन्दिरमा शुक्रबार