विश्वकप मैदानमा पृथ्वीनारायण शाहको फोटो बोकेका नेपाली क्रिकेट फ्यान « Khabarhub

विश्वकप मैदानमा पृथ्वीनारायण शाहको फोटो बोकेका नेपाली क्रिकेट फ्यान


३० जेष्ठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टी-२० विश्वकपमा बुधबार बिहान नेपालले दोस्रो खेल श्रीलंकाविरुद्ध खेल्दै थियो। नेदरल्यान्ड्सविरुद्धको खेलमा जस्तै अमेरिकाको फ्लोरिडास्थित लाउडरहिल मैदानमा नेपाली दर्शकको बाक्लो उपस्थित थियो। अमेरिकाका विभिन्न स्थानबाट मंगलबारदेखि नै क्रिकेट फ्यान फ्लोरिडा पुगेका थिए।

तिनै सयौं फ्यानको बिचमा केही नेपाली फ्यान भने पृथ्वीनारायण शाहको तस्बिरसहित उपस्थित थिए। एक नेपाली फ्यान विशाल पटेलले पृथ्वीनारायण शाहको तस्बिरभन्दा तल आउट लेखेको ठुलो फ्रेम बोकेको देख्न सकिन्छ।
त्यही तस्बिर अर्का फ्यानले बोकेको फोटो सुवास हुमागाईंले ट्वीट (एक्स)मा पोस्ट गरेका छन्।

बुधबार बिहान नेपाली समय अनुसार ५:१५ बजे हुने भनिएको नेपाल र श्रीलंकाको खेल वर्षाले प्रभावित भएको थियो। लगातार वर्षा भएपछि खेल हुन नसक्दा दुवै देशले अंक बाँडेका छन्। योसँगै अंकबिहीन नेपाल र श्रीलंकाले एकएक अंक बनाएका छन्।

 

प्रकाशित मिति : ३० जेष्ठ २०८१, बुधबार  ७ : १५ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल