विश्वकप : चर्चामा अमेरिका र स्कटल्यान्डको प्रदर्शन | Khabarhub Khabarhub

विश्वकप : चर्चामा अमेरिका र स्कटल्यान्डको प्रदर्शन


३० जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


588
Shares
  • change font
  • change font
  • change font

जारी आईसीसी टी-२० विश्वकपको समूह ‘ए’मा भारत र अमेरिकाको बराबर ४ अङ्क छ। यसै आधारमा हेर्ने हो भने अहिलेसम्मको दाबेदार पनि भारत र अमेरिका नै देखिएका छन्। यसो भएमा अमेरिकी क्रिकेट इतिहासमै यो सबै भन्दा सुखद पक्ष हुनेछ। समूह विभाजनमा नै यो समूहबाट अमेरिका पार गर्ने सम्भावना कमै देखिएको थियो। परम्परागत शक्ति भारत र पाकिस्तान रहेको सोही समूहमा आयरल्यान्ड समेत छ। विश्व क्रिकेटलाई नियाल्नेहरूकै आँखामा भारत या पाकिस्तान मध्ये एउटा टोली सुपर एटमा नै नपुगेर बाहिर गएमा आयरल्यान्ड अघि कढ्न सक्षम टोलीको रूपमा थियो। विगतमा केही अप्रत्याशित नतिजा ल्याएको इतिहास पनि आयरल्यान्डको थियो।

विश्वकपको समूह एको पहिलो खेलमा नै क्यानडाले अमेरिकालाई १९५ रनको लक्ष्य दिएको थियो। अमेरिकाले १४ बल बाँकी रहँदा ३ विकेटको क्षतिमा चुनौतीपूर्ण लक्ष्य पुरा गरेको थियो। यसले नै अमेरिकाको शक्तिलाई प्रमाणित गरेको छ। दोस्रो खेलमा पाकिस्तानलाई हराएपछि अमेरिकाको सुपर एटको बाटो खुला भएको हो।

क्यानडाविरुद्ध अमेरिकाका लागि अर्धशतक बनाएका आरोन जोन्स र एन्ड्रिज गौस। तस्बिरः क्रिकइन्फो

अमेरिकाले बाँकी रहेका दुई खेल भारत र आयरल्यान्डको सामना गर्नेछ। यी दुई मध्ये एक खेलमा जित हात पारे अमेरिका सुपर एटमा प्रवेश गर्नेछ। यदि दुवै खेलमा पराजित भएमा अन्य खेलको नतिजा र रन रेटले धेरै कुराको तय गर्नेछ।

समूह बिमा स्कटल्यान्ड शीर्ष स्थानमा छ। इङ्गल्यान्डसँगको खेलमा १० ओभरमा ९० रन जोडेर कुनै विकेट नगुमाएको स्कटल्यान्डका लागि वर्षा बाधक बनेको थियो। स्कटल्यान्डले नामिबिया र ओमानलाई हराइसकेको छ।

इङ्गल्यान्डले पनि अस्ट्रेलियासँग हारको सामना गरेको छ। स्कटल्यान्डले अस्ट्रेलियासँग पराजयको सामना गरेमा पनि रन रेटको आधारमा इङ्गल्यान्ड र स्कटल्यान्ड बिच सुपर एटमा प्रवेश गर्ने टोलीको टुङ्गो लाग्ने छ।

अमेरिका र स्कटल्यान्ड सुपर एटमा प्रवेश गरे यो विश्वकपको पहिलो चरणमा भएको सनसनीकै रूपमा रहने छ। विगतमा पनि यसरी कम आँकिएका टोलीले पहिलो चरणमा सफलता नपाएका होइनन्।

सन् १९९९ मा जिम्बाबे र सन् २००३ मा केन्याले यस्तै लामो यात्रा गरेका थिए। त्यसै अनुसार धेरेको अपेक्षालाई गलत साबित गर्दै अमेरिका र स्कटल्यान्डको यात्रा कसरी अघि बढ्ने अनिश्चित नै छ।यिनीहरूको अहिलेसम्मको यात्राले यस टी-२० विश्वकपलाई धेरै रोचक बनाएको छ।

सन् १९९९ मा भएको विश्वकपमा जिम्बाबे समूह ‘ए’मा थियो। समूह चरणको खेलमा भारतलाई ३ रनले हराएर जिम्बाबेले सनसनी फैलाएको थियो।

साबिक विजेताको रूपमा प्रतियोगितामा सहभागी श्रीलङ्का र इङ्गल्यान्डसँग पराजित भए पनि अन्तिम खेलमा दक्षिण अफ्रिकालाई हराउन जिम्बाबे सफल भएको थियो। सो समूहबाट जिम्बाबेसहित भारत र दक्षिण अफ्रिका नै सुपर सिक्समा प्रवेश गरेका कारण जिम्बाबे ४ अङ्क लिएर नै सुपर सिक्समा प्रवेश गरेका हो। अर्को समूहबाट अन्तिम ६ मा प्रवेश गरेका पाकिस्तान र अस्ट्रेलियासँग सबै खेलमा सो टोली पराजित भएको थियो।

न्युजिल्यान्डसँगको पहिलो खेल वर्षाले अवरुद्ध भएपछि अङ्क बाँडिएको थियो अन्य खेलमा परिणाम पनि जिम्बाबेको अनुकूल नआएको तथा आफूले पनि दुवै खेल हारेका कारण जिम्बाबे बाहिरिएको हो। पाँचौँ स्थानमा रहँदै जिम्बाबेले विश्वकपको अन्त्य गरेको थियो।

त्यस पछिको विश्वकप क्रिकेटमा केन्याले सेमिफाइनलको यात्रा तय गरेको थियो। सेमिफाइनलमा भारतसँग हारको सामना गर्दै केन्या बाहिरिएको हो। क्यानडालाई हराएको केन्याले न्युजिल्यान्डबाट वाक ओभर पाएको थियो। त्यस संस्करणको विश्वकप क्रिकेट दक्षिण अफ्रिका, केन्या र जिम्बाबेमा भएको थियो।

न्युजिल्यान्डले सुरक्षा कारण देखाउँदै केन्यामा गएर खेल्न अस्वीकार गरेको थियो। यसै कारण केन्याले वाक ओभर पाएको थियो।

केन्याले श्रीलङ्कालाई हराएपछि सुपर सिक्सको यात्रा तय गर्न सफल भएको हो। सो विश्वकपमा त्यस परिणामलाई अहिलेसम्म पनि धेरैले सम्झने गरेका छन्। केन्याले बङ्गलादेशलाई पनि सोही विश्वकपमा हराएको थियो।

सुपर सिक्समा जिम्बाबेसँगको एउटै जितले केन्यालाई सेमिफाइनलमा प्रवेश गराएको थियो। संयोग मान्नु पर्छ पहिलो चरणमा केन्यासँग हारेका श्रीलङ्का र न्युजिल्यान्ड दुवै सुपर सिक्समा प्रवेश गरेका कारण सो ४ अङ्क लिएर नै केन्या अघि बढेको थियो। सेमिफाइनलमा भारतसँग केन्याले हारको सामना गरेको थियो।

जुन समय केन्या र जिम्बाबेले यसरी विश्व क्रिकेटलाई आश्चर्यमा पारेका थिए। त्यो समयमा अफगानिस्तान विश्व क्रिकेटमा अस्तित्व खोजी रहेको थियो। दुई दशकको अन्तरालमा अफगानिस्तानले लामो यात्रा तय गरी सकेको छ।

केही वर्ष अघि स्पिनर रसिद खान अफगानिस्तानका मुख्य आकर्षणको रूपमा विश्व क्रिकेटमा उदाएका थिए। अहिले एक से एक स्टार छन्। सन् २०१० को दशकमा आयरल्यान्डले केही खेलमा अप्रत्याशित परिणाम नल्याएका होइन। आयरल्यान्डको त्यो सनसनी पूर्ण प्रदर्शन सधैँका लागि कायम रहन सकेन।

सन् २०२३ मा भएको एक दिवसीय विश्वकपको दक्षिण अफ्रिका र बङ्गलादेशलाई हराएको नेदरल्यान्ड्सले जारी टी-२० विश्वकपमा पनि समूह चरणमै यी दुई टोलीलाई प्रतिद्वन्द्वीको रूपमा पाएको छ। दक्षिण अफ्रिकालाई कडा चुनौती दिएर पनि पराजित नेदरल्यान्ड्सको बंगलादेशसँगको खेल बाँकी छ। समूहमा नेपालसँग अङ्क बाँडेर अन्य २ खेलमा हारको सामना गरेको श्रीलङ्का लगभग बाहिरिइसकेको छ। बङ्गलादेशलाई हराउन सके अझै नेदरल्यान्ड्सको बाटो खुला हुनसक्छ।

विश्वकपमा एसोसिएट देशको सबैभन्दा बढी सम्भावना अमेरिका र स्कटल्यान्डको देखिएको छ। त्यसपछि नेदरल्यान्ड्सको प्रदर्शनमा धेरै जनाको ध्यान खिँचेको छ। संसारकै सबै भन्दा धेरै जनसङ्ख्या भएको देश भारतमा त क्रिकेटको लोकप्रियता छदै छ । सायद यस विश्वकपले संसारकै ठुलो अर्थतन्त्र भएको देशमा पनि क्रिकेट प्रति चासो बढाउन सक्ने छ। स्रोतः क्रिकइन्फो

प्रकाशित मिति : ३० जेठ २०८१, बुधबार  ७ : ३७ बजे

चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण

चितवन– चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीन

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

मनाङ– मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ

म्याग्दीको रुममा चारसय परिवारलाई खानेपानी

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुममा ‘एक घर, एक धारा’ सहितको

काठमाडौं उपत्यका : एकै दिन घुम्न सकिन्छ सात सम्पदा

काठमाडौं – खुला संग्रहालयको रुपमा विश्वसामु परिचित काठमाडौं उपत्यका जहाँ

तीन दशकपछि सडक कालोपत्र

तनहुँ– करिब तीन दशकअघि रेखाङ्कन गरिएको तनहुँको भानु नगरपालिकास्थित कालीमाटीदेखि