७३ रनको लक्ष्य अस्ट्रेलियाले छैटौं ओभरमै भेट्टायो : नामिबिया ९ विकेटले पराजित « Khabarhub

७३ रनको लक्ष्य अस्ट्रेलियाले छैटौं ओभरमै भेट्टायो : नामिबिया ९ विकेटले पराजित


३० जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


642
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टी-२० विश्वकप क्रिकेटमा अस्ट्रेलियाले ७३ रनको लक्ष्य छैटौं ओभरमा भेट्टाएको छ। समूह ‘बी’ अन्तर्गत बुधबार बिहान भएको खेलमा अस्ट्रेलियाविरुद्ध सुरुमा ब्याटिङ गरेको नामिबिया ७२ रनमा समेटिएको थियो। ७३ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले छैटौं ओभर खेल्दै ८६ बल बाँकी हुँदा एक विकेट गुमाएर ७४ रन बनाएको हो।

अस्ट्रेलियाका लागि ओपनर ट्रेभिस हेडले नटआउट सर्वाधिक ३४ रन बनाए। १७ बलको सामना गरेका उनले पाँच चौका र दुई छक्का प्रहार गरे। अर्का ओपनर डेबिड वार्नरले मात्र सात बल खेल्दै २० रन बनाए। उनले तीन चौका र १ छक्का प्रहार गरे। तेस्रो क्रममा आएका कप्तान मिचेल मार्शले ९ बलको सामना गर्दै तीन चौका र १ छक्काको मदद्तमा नटआउट १८ रन जोडे। अस्ट्रेलियासँग नामिबिया ९ विकेटले पराजित भएको खेलमा उसका लागि एक विकेट डेभिड विसेले लिए।

बुधबार बिहान भएको खेलमा टस जितेर सुरुमा फिल्ड रोजेको अस्ट्रेलियालाई नामिबियाले ७३ रनको चुनौती दिएको थियो। नामिबियाका लागि कप्तान गेहार्ड इरास्मसले सर्वाधिक ३६ रन बनाएका थिए। ४३ बलको सामना गरेका उनले चार चौका र १ छक्का प्रहार गरेका हुन्। माइकल भ्यान लिङ्गेनले १० रन जोड्नुबाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक बनाउन सकेनन्। नामिबियाले १७ ओभर ब्याटिङ गर्दै सबै विकेट गुमाएको हो।

नामिबियालाई सस्तैमा समेट्न अस्ट्रेलियाका लागि एडम जाम्पा एक्लैले चार विकेट लिए। चार ओभर बलिङ गरेका उनले मात्र १२ रन खर्चिए। उसका लागि जोश हेजलवुड र मार्कस स्टोइनिस दुई दुई विकेट हात पार्दा प्याट कमिन्स र नाथन एलिसले एकएक विकेट लिए।

समूह ‘बी’मा तीन खेलमा लगातार विजयी हुँदै अस्ट्रेलिया शीर्ष स्थानमा उक्लिएको छ। समान खेल खेलेको स्कटल्याण्ड पाँच अंकसहित दोस्रो स्थानमा छ।

नामिबिया दुई अंकसहित तेस्रो स्थामा छ। यो समूहमा दुई खेल खेलेको इंग्ल्याण्डले एक अंक जोडेको छ भने तीन खेल खेलेको ओमान अंकबिहीन छ।

प्रकाशित मिति : ३० जेठ २०८१, बुधबार  ८ : ४३ बजे

आरुघाटमा हेलिकप्टरको आसमा अलपत्र परेका यात्रु, सडक सञ्जाल अवरुद्ध हुँदा समस्या (तस्बिरहरू)

गोरखा– काठमाडौंबाट विभिन्न स्थानबाट गृह जिल्ला फर्किंदै गरेका सर्वसाधारणहरू सडक

चितवनमा स्क्रब टाइफसका सङ्क्रमित २३४ पुगे

नारायणगढ – चितवनमा चालु आर्थिक वर्षमा स्क्रब टाइफसबाट सङ्क्रमित हुनेको

कक्रोच जनता पार्टीका नेताहरू प्रहरी हिरासतमा

नयाँदिल्ली – भारतमा मतदाता सूचीमा हेरफेर भएको आरोप लगाउँदै निर्वाचन

अमेरिका–मेक्सिको–क्यानडा व्यापार सम्झौता कायमै रहेको मेक्सिकन राष्ट्रपतिको भनाइ

मेक्सिको सिटी- मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबामले अमेरिका, मेक्सिको र क्यानडाबीचको व्यापार

सुनिल थापाको अन्तिम फिल्म ‘हिमालयन गोल्ड’ भारतभर प्रदर्शन हुने, ट्रेलरले जगायो चासो

काठमाडौं– नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने लक्ष्यसहित तयार भएको ‘हिमालयन